Loading... आजः आइतवार, अशोज ३, २०७८

ऐन नबन्दै कर्णाली प्रदेशका सांसदले लिए एक/एक लाख पेश्की

जाजरकोट । प्रदेशसभामा कर्णालीलाई गरिबको संज्ञा दिँदै भाषणको सुरुवात गर्ने सांसदले संसद् सुरु भएको महिना दिन नपुग्दै एक–एक लाख पेश्की बुझेका छन्। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाश अधिकारीले सुर्खेतबाट लेखेका छन्।

सांसदको पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी ऐन नबन्दै प्रदेशसभा सचिवालयले प्रतिसांसद् एक–एक लाख पेश्की उपलब्ध गराएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार ३० भन्दा बढी सांसदले पेश्कीबापत उक्त रकम बुझिसकेका छन् । सचिवालयले सांसदहरुको आवास व्यवस्थापनका लागि उक्त रकम वितरण गरेको जनाएको छ । तर प्रदेश राजधानी वीरेन्द्रनगरमै घर हुने सांसदहरुले समेत पेश्की रकम बुझेका छन् ।

सचिवालयले आवस व्यवस्थापनका लागि उक्त रकम वितरण गरेको जानकारी दिएको छ। तर पेश्की लिने सांसदको विवरण भने सचिवालयले दिन मानेको छैन। राजिनाम दिएर फिर्ता लिएका मुगुका सांसद चन्द्रबहादुर शाहीले समेत पेश्की लिएका छन्। उनी प्रदेशसभाका महत्वपूर्ण बैठकमा अनुपस्थित थिए । कतिपय मन्त्रीले समेत पेश्की बुझेका छन् । जबकी, उनीहरुको आवास, यातायात व्यवस्थापन सम्बन्धित मन्त्रालयकै हुन्छ ।

एमाले संसदीय दलका नेता यामलाल कंडेलले अहिले नै पेश्की उपलब्ध गराउँदा जनतामाझ गलत सन्देश जाने भन्दै सचिवालयको उक्त कार्यप्रति सभामुख राजबहादुर शाहीसंग असन्तुष्टि पोखेका थिए । कंडेलले आफू निकट सांसदहरुलाई पनि ऐन नबन्दै पेश्की नलिन सुझाव दिएका थिए । उनको सुझावपछि केही सांसदले बुझेको रकम फिर्ता गरेका थिए ।


ताजा समाचार