Loading... आजः बुधबार, कार्तिक १०, २०७८

घरेलु प्रमुख दुई लाख घुससहित रंगेहात पक्राउ

सिरहा : घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख राजेन्द्रकुमार लाल कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदालिँदै बुधबार साँझ पक्राउ गरेको छ ।

प्रमुख कर्ण लहानस्थित ग्रामीण चोकमा रहेको सरकारी निवासबाट गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम दिएको भनि घुसलिने  क्रममा  पक्राउ गरेकाे हाे । सेवाग्राहीबाट लिएको दुई लाख रुपैयाँ घुससहित प्रमुख कर्ण पक्राउ परेको अख्तियार कार्यालय इटहरीका एसपी किसन सिंह थापाले जानकारी दिए । उनका अनुसार कर्णले मानव अधिकार तथा वातावरण विकास केन्द्र (होरेन्डेक) लहानबका एक कर्मचारी बाट घुस लिएका हुन् ।

होरेन्डेकलाई गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम दिएको छ । होरेन्डेकका एक कर्मचारीले भने, ‘कार्यक्रमका लागि घरेलुले ६० लाख बजेट छुट्याएको छ । तत्काल २० प्रतिशत रकम निकासा दिएपछि प्रमुख कर्णले कमिशन माग्दै आएका थिए ।’ कुल बजेटको १० प्रतिशत कमिशन मागिएको उनको भनाइ छ ।

कर्णले आफूलाई फसाएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘मैले रकम मागेकै थिइनँ । जर्बजस्ती रकम दिएर गएपछि अख्तियारको टोली आएर समात्यो।’ ६ वर्षदेखि घरेलुमा काम गरेका कर्णले आफू निर्दोष रहेको दाबी गरेका छन् ।

‍‍‍‍‍‍‍‍‌अन्नपूर्ण पाेष्ट


ताजा समाचार