Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

दोश्रो अभ्यास खेलमा नेपालले आज हङकङको सामना गर्दै

काठमाण्डौ । एक दिवसीय छनौट प्रतियोगितामा सहभागिता जनाउन जिम्बाबेमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो दोश्रो अभ्यास खेलमा आज चिरप्रतिद्वन्दी हङकङको सामना गर्दै छ । खेल नेपाली समय अनुसार सवा १ बजेबाट क्वेक्वे स्पोर्ट्स क्लब, हरारेमा हुने छ ।

यहि मैदानमा भएको आफ्नो पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ५ विकेटले हराएको थियो भने हंगकंग आफ्नो पहिलो अभ्यास खेलमा नेदरल्याण्ड बिरुद्द ८ विकेटले पराजित भएको थियो।

नेपाल र हङकङ दुवै टोली यस छनौट प्रतियोगिताको समूह “बि” मा रहेका छन् । हङकङ २०१५-१७ सम्म संचालित आइसीसी विश्वक्रिकेट लिग च्याम्पियनशिपको तेस्रो स्थानमा रहँदै छनौट प्रतियोगिता सहभागि भएको हो भने नेपाल नामिबियामा सम्पन्न आइसीसी विश्वक्रिकेट क्रिकेट लिग डिभिजन-२ को उपविजेता बन्दै छनौट प्रतियोगितामा छानिएको हो ।

नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषवाओकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने, दिलिप नाथ, ललित सिंह भण्डारी, अनिल कुमार शाह, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी


ताजा समाचार