Loading... आजः सोमवार, मंसिर ८, २०७७
Trending

जाजरकोटमा ढिके नुनको प्रयोग अझै छुटेन

रेशम बहादुर खडका
जाजरकोट, १७ फागुन । 
जाजरकोटमा स्थानिय नागरिकको भान्छामा अझै आयोडिन नून पुग्न सकेको छैन । जाजरकोटमा अधिकांस परिवार अझै पनि ढिके नून प्रयोग गर्छन् ।

सरकारले केही वर्ष अघि फेब्रओरी महिनालाई आयोडिनको प्रचारप्रसारको महिनाको रुपमा मनाउने निर्णय गरेको हो । तर पनि जिल्लाका अधिकांस जनतालाई आयोडिन नूनको उपयोगिताबारे थाहा छैन भने कतिपयले थाहा हुँदाहुँदै पनि विभिन्न बहानामा ढिके नूनको प्रयोग गर्दै आइरहेका छन् ।

जुनिचाँदे गाउँपालिका १ काप्राका ६० वर्षीया राम बहादुर रावतले आफ्नो भान्छामा ढिकेनून नै प्रयोगमा रहेको बताए । रावतले भने ‘छोराहरु वैदेशिक रोजगारीमा छन् । बुहारीहरु माइतीघरमा बस्छन् । घरमा रहेका बूढाबूढीले ढिकेनून नै प्रयोग गर्छम् । पोके नून कस्तो हुन्छ चाख्नु भन्दा अहिले सम्म नदेखेको बताए ।’ पोके नूनको प्रयोगले गाईबस्तुमा जुम्रा पार्छ र मान्छेको शरीर चिलाउँछ भन्ने भ्रम उहाँमा रहेको छ । सोहि गाउपालिका वडा न ७ निपानेका झिञ्जु घर्ती पहिले देखि खाँदै आएको हुँदा ढिकेनून नै मन पर्छ । छोराछोरीले पोका नून प्रयोग गरेपनि आफूले भान्छा गर्दा ढिकेनून नै प्रयोग गर्ने गरेको उहाँले बताइन ।

त्यस्तै जिल्लाको छेडागाड नगरपालिकाका अधिकांस स्थानियहरु गाउँमा ४० रुपैयाँ प्याकेटका दरले आयोडिनयुक्त प्याकेटको नून पाइने भएपछि नचाहेर पनि ढिकेनूनको प्रयोग गर्दै आउदै आयका छन । गाउँमा पछिल्लो पुस्ताले आयोडिन नूनको प्रयोग गरेपनि अघिल्लो पुस्ताले भने ढिकेनून नै प्रयोग गर्दै आएका छन् । जाजरकोमा हाल सम्म अझै ढिकेनून र आयोडिन नूनको भिन्नता बुझेका छैनन् । ‘परम्परागत सोच र चिन्तन कायमै रहेको त्यसैकारण ढिकेनूनको प्रयोग नभएको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसिले बताए । केसिका अनुसार पुर्खा देखि नेपालगंञ्ज देखि घोडा भेडा र खसिमा लामो बाटो ढिके नुन ढुवानि गरि बर्षभरि हुने नुन ल्याउने र वर्षभरि ढिके नुन खान बानिकोपरेका कारण पोका नून नखाने ढिके नूनको प्रयोग हुँदै आएको केसिले बताए ।


त्यस्तै शिवालय गाउपालिका नर बहादुर बुढाले भने सधैं ढिकेनूनको प्रयोग गर्दै आएको छोराबुहारीले भने पोका नून प्रयोग गर्छन् । कहिलेकाहीँ छोरा बुहारीकामा खाना खाँदा आङ चिलाएर हैरान हुनेभएको हुँदा घरमै खाना खान मन पर्ने बुढाको भनाइ छ ।
जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख राम बहादुर नेपालीका अनुसार कार्यालयले दुई बालबालिकाको चिन्ह भएको आयोडिनयुक्त नूनको प्रचारप्रसारका लागि विभिन्न चेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
कार्यालयले यसवर्ष पनि फेबु्रअरी महिनालाई आयोडिनयुक्त नूनको महिनाका रुपमा मनाएको छ । सो अवसरमा सरकारी तथा गैरसरकारी कार्यालयहरुको प्रयासमा जिल्लाका प्रत्येक स्वास्थ्य संस्थामा तुल टाँगिएका छन् भने प्रत्येक नपा तथा गापाका माध्यमिक तहका विद्यालयमा आयोडिनको प्रचारप्रसारसम्बन्धी कक्षा सञ्चालन गरिएको छ । तर हरप्रयास गर्दा पनि जिल्लामा ढिकेनूनको प्रयोग भइरहेकाले सरकारबाटै ढिकेनूनको बिक्री वितरणमा रोक लगाइ पछिमात्र यो कार्य बन्द हुने प्रमुख नेपालीकोे सुझाव छ । एकपटक आयोडिन नूनको कमी भयो भने जीवनभर औषधि सेवन बाहेक दोस्रो विकल्प रहँदैन ।
प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले ढिके तथा खुल्ला बेचिने नूनबाट पर्याप्त मात्रामा आयोडिन पाउन नसकिने भएकाले त्यस्ता नून प्रयोग नगर्न सरोकारवाला सबैसँग अनुरोध गरिएको बताएका छन । आयोडिन पाउन दुई बालबालिकाको चिन्ह भएको पाकेटको धुलो नून नै प्रयोग गर्नुपर्नेमा उहाँको जोड छ ।

शाहीका अनुसार आयोडिनयुक्त नूनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने, आयोडिनयुक्त नून नपखाली खाने, आयोडिनयुक्त नूनलाई दाल, तरकारी पाकेपछि मात्र हाल्ने तथा नून किन्दा अनिवार्य रुपमा नूनको पाकेटमा लेखिएको कुरो एकपटक सर्सती पढ्ने बानीले आयोडिनको कमी हुनबाट बच्न समेत बताए । यता, साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड डिपो कार्यालय जाजरकोट डिपो प्रमुख भरत कुमार श्रेष्ठका अनुसार गत आर्थिक बर्ष अञ्चल कार्यालय नेपालगञ्जबाट डिपो कार्यालय जाजरकोटमा ८ हजार ६ सय ७७ क्विन्टल आयोडिनयुक्त पोका नून भित्रिएको थियो ।
सो भित्रिएको गत आवको नुन मध्य से २ हजार २९ क्विन्टल नुन जान बाकि रहेको प्रमुख श्रेष्ठले बताए । नुनको अभाव हुने सम्भावना हुन बित्तिकै ढुवानिकार्य गरिने बताए । बाँकी रहेको आवको नून हालसम्म पनि बिक्री वितरण भइरहेको कार्यालयले जनाएको छ ।

कार्यालयले प्रतिव्यक्ति टाढाको भए ५० वटा जति नजिकइको १० पोका मात्र दिने गरेको छ । व्यापारीले दुरुपयोग नगरुन् र सेवाग्राहीले प्रत्यक्ष लाभ लिन सकुन् भन्ने उद्देश्य राखिएको भएपनि सेवाग्राहीले डिपो कार्यालयमार्फत लाभ लिन नसकिरहेको श्रेष्ठले बताए ।


ताजा समाचार