लियो क्लबले कोहलपुरमा होली महोत्सव संचालन गर्ने
कोहलपुर । लियो क्लबले कोहलपुरमा होली महोत्सव संचालन गर्ने भएको छ ।
हिन्दु धर्मावलम्बीहरुको ठुलो पर्व होलीका अवसरमा लियो क्लब कोहलपुरले “हाम्रो होली, मनाऔं मन खोली” भन्ने नारा सहित होली महोत्सव आयोजना गर्न लागेको हो ।
कोहलपुरस्थित पौडी पोखरी (स्प्यालेस जोन) मा यहि फागुन १८ गते बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म महोत्सव संचालन गरिने लियो क्लब कोहलपुरका सचिव सुवास गौतमले जानकारी दिए । कार्यक्रममा सहभागी हुन ईच्छुक ब्यक्तिहरुले ३ सयको टिकट लिदाँ एउटा टिसर्ट निःशुल्क उपलब्ध गराईने र ५ सय दरको टिकट लिनेहरुलाई कार्यक्रममा टिसर्ट र पेय पदार्थ निःशुल्क गरिएको सचिव गौतमले बताए ।
महोत्सवमा बिभिन्न साँस्कृतीक कार्यक्रमका साथै मनोरञ्जनात्मक खेलहरु समेत संचालन गरिने बताईएको छ ।