Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

जाजरकोटमा लैंगिक हिंसाका घटना घट्दै

जाजरकाेट, १६ फागुन । जाजरकोटमा लैंगिक तथा सामाजिक हिंसाका घटनामा कमी हुँदै गएका छन ।

गत आर्थिक वर्ष ०७३ र ०७४ मा लैंगिक हिंसापीडितका ८० र सामाजिक हिंसाका ३६ गरी जम्मा एक सय १६ वटा उजुरी दर्ता भएको महिला तथा बालबालिका सेवा केन्द्र जाजरकोटले जनाएको छ ।

त्यसैगरी यो आर्थिक वर्ष ०७४/०७५ मा लैंगिक हिंसाका ३९ र सामाजिक हिंसाका २९ गरी जम्मा ६८ वटा उजुरी दर्ता भएको उक्त केन्द्रले जनाएको छ ।

दर्ता भएका उजुरीमध्ये अधिकांश मिलापत्र गरी टुंग्याउँने गरेको महिला तथा बालबालिका सेवा केन्द्र जाजरकोटकी ईञ्चार्ज हरिकला बिष्टले बताईन ।

लैंगिक तथा सामाजिक हिंसाविरुद्ध जिल्ला प्रहरी कार्यालय र सो मातहतका प्रहरी युनिट तथा लैंगिक हिंसा विरुद्धका जिल्लास्तरीय सञ्जालले समेत विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका कारण पछिल्ला दिनमा हिंसामा कमी हुँदै आएको महिला तथा बालबालिका सेवा केन्द्रकी इन्चार्ज बिष्टले बताईन् ।


ताजा समाचार