Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

नेपालगन्जको क्रिकेट लोपको संघारमा, कोहलपुरमा मध्य पश्चिम क्रिकेट क्लबले साख जोगाउदै


नेपालगन्ज । बाँके जिल्ला क्रिकेट संघको चरम लापारवाहीले नेपाली क्रिकेटको उर्वरभूमी मानिएको नेपालगन्जको क्रिकेट अबस्था लोपको संघारमा पुगेको छ ।

कुनैवेला राष्ट्रिय सिनियर टिममा आधाभन्दा बढी खेलाडी टिममा परेर रेकर्ड बनाएको नेपालगन्जले अहिले आफ्नो साख जोगाउन हम्मेहम्मे परेको छ । महिला सिनिर टिममा नेपालगन्जकी नेरी थापा बाहेक अरु सबै वाहिर रहेका छन् भने पुरुष सिनियरमा वषौं देखि कोहि पनि टिममा पर्न सकेको छैन् ।

कात्तिक ७ गते भएको साधारणसभाले दुर्गबहादुर थापालाई सर्वसहमत अध्यक्ष चयन गरेका थिए । थापाले पहिलो कार्यकालमा केहि गर्न नसेकाले आफुलाई दोस्रो कार्यकालका लागि नेतृत्व दिन आग्रह गरेका थिए । सोही कारण थापालाई नेतृत्व दिएका दिएकाहरु अहिले पश्चातापमा परेका छन् । नयाँ नेतृत्वमा अध्यक्ष थापा चयन भएको पाँच महिना सम्म पनि कार्यसमितिको बैठक अब्हान गर्न सकेका छैनन् जसले गर्दा बाँकेमा यो वर्ष कुनै क्रिकेट प्रतियोगिताको आयोजना भएको छैन् ।

बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गाबहादुर थापा

क्रिकेट प्रतियोगिता नहुँदा खेलाडीहरु समेत निरास भएका छन् । क्रिकेटको सिजन सकिन लाग्दा समेत बाँकेमा एउटा क्लव स्तरिय प्रतियोगिता समेत भएको छैन् । एक खेलाडीले भने, ‘चार पाँच वर्ष अघि वर्षमा कममा पनि ४ ओटा प्रतियोगिता सन्चालन हुन्थ्यो अहिले त एक खेल पनि खेल्न पाईएन् क्रिकेट संघलाई कुनै वास्ता छैन ।’ समयमा खेल नहुँदा प्रतिस्प्रधा हुन पाएको छैन, जसले गर्दा राम्रा खेलाडी ओझेलमा परेको छ । खेलाडी मात्र होईन अध्यक्षको कार्य शैली प्रति संघमा आवद्ध प्राय सबै रुष्ट छन् । कार्यसमिति एक जना सदस्यले भने, ‘उहाँलाई पद चाहिएको हो पाउनुभयो अब क्रिकेटको विकासको लागि सोच्ने समय नै छैन् ।’ थापा विहान देखि बेलुकासम्म विभिन्न विद्यालय तथा कलेजमा अध्यापन गराउनमै ब्यस्त भएको उनले दावी गरे । ‘जिल्ला क्रिकेटलाई व्यवस्थित गर्न सकिएन भने बाँकेको क्रिकेट डुब्ने पक्का छ,’ क्रिकेटप्रेमी ज्ञानु खड्काले भने, ‘बाँके जिल्लासँग कुनै प्लान नै छैन । भविष्यमा हुने प्रतिस्पर्धाको प्लान अहिलेदेखि नै गर्न जरुरी छ ।’

नेपालगन्जको क्रिकेट मैदानको लागि समेत संघले सिन्को भाँच्न सकेको छैन् । यस अघि मैदान खोजिको लागि कार्यदल बनाइएकोमा त्यसपछि सो विषयको बैठकमा प्रवेश नै पाएन् । यस अघिको कार्यकालमा बाँकेको क्रिकेटको कुनै काम गर्न नसेकेका थापाले अव बाँकेको क्रिकेट अँध्यारोमा धकेलेको भन्दै विरोध हुन शुरु भएको छ । बाँकेमा धेरै क्लव भए पनि क्रिकेट संघको अधिबेशनमा समेत बाँकेका दुई क्रिकेट क्लव मंगोलियन र नेपाल टाईगर स्पोर्टस् क्लवले भाग लिएका छन् । थापाले आफ्नो कार्यकालमा विद्यालयमा क्रिकेट क्लव गठन गर्ने, खेलाडीको हितको लागि संघको खातामा थापाले वार्षिक ५० हजार सहयोग दिने घोषणा गरे पनि त्यो पूरा हुन सकेन् ।

क्रिकेट संघको वार्षिक साधरणसभामा खातामा कोषाध्यक्ष राजेन्द्र मानन्धरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा संघले २०७२ साल असार १९ गते देखि २०७४ असोज ३१ सम्मको आयब्य विवरणमा संको आम्दानी १ लाख २८ हजार ७ सय ७३ र खर्च एक लाख १५ हजार ५ सय ७० देखाएको थियो । वार्षिक क्लव दर्ता र प्रतियोगिता सन्चालन गर्दासो रकम उठेको हो । आर्थिक संकलनका लागि समेत संघले कुनै ठोस कदम चाल्न सकेको छैन् ।

उता कोहलपुरमा नेपालगञ्ज जस्तो हविगत हुन नदिन मध्य पश्चिम क्रिकेट क्लबले विभिन्न प्रतियोगिता गर्दै आइरहेको छ । संघको उदासीनताका कारण क्लब स्वयंले जिल्लाको शाख जोगाउने दायित्व बोध गर्दै आएको मध्यपश्चिम क्रिकेट क्लबका अध्यक्ष दिपेन्द्र थापाले बताए ।

त्यस्तै नेपाली क्रिकेट टिमका पुर्व कप्तान एल.वि क्षेत्रीले बाँकेमा मात्रै नभएर यस क्षेत्र र देशको क्रिकेट विकासमा सोच भएका मानिस हरुलाई पाखा लगाउदा यस्तो दुखद दिन आएको बताए ।


ताजा समाचार