Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

संचारग्रामकालागि छुट्याईएको जग्गाको अवलोकन

संगिन शर्मा,
कोहलपुर । कोहलपुर नगरपालिकाले संचार ग्रामकालागि जग्गा उपलब्ध गराउने निर्णय गरेकामा कोहलपुरमा रहेका क्रियाशिल पत्रकारहरुको समुहले कोहलपुर नगरपालिका/नगर कार्यपालीकालाई विशेष धन्यवाद दिएको छ ।

क्रियाशिल पत्रकार समुह कोहलपुर बाँकेका अध्यक्ष निर्मल आचार्यको हस्ताक्षर रहेको धन्यवाद पत्र कोहलपुर नगरकार्यपालीकाका प्रवक्ता माधव रिजाल र प्रशासन प्रमुख हरी वलीलाई हस्तान्तरण गरिएको छ । धन्यवाद पत्र हस्तान्तरण पश्चात प्रवक्ता सहित नगरकार्यपालिकाका सदस्यहरु दिलबहादुर परियार र नारायणी वलीले पत्रकारहरुलाई संचारग्रामका निम्ति छुट्याएको जग्गाको अवलोकन समेत गराएका थिए ।

सो क्षेत्रमा संचारग्रामकालागी छुट्याईएको जग्गको चार किल्ला छुट्याउने र नाप नक्सा सहित तारबार गरि संरक्षण गरीदिने काम कोहलपुर नगरपालिकाले गर्ने प्रवक्ता माधव रिजालले आश्वासन दिएका छन । कोहलपुर नगर कार्यपालीकाको आईतबार सम्पन्न १९ औं बैठकले कोहलपुर नगरपालीका–२ स्थित इन्द्रेनी चोक नजिकै एक कठ्ठा जग्गा दिने निर्णय गरेको थियो ।


ताजा समाचार