Loading... आजः आइतवार, कार्तिक ७, २०७८

राजीनामा दिएका शाहीलाई फिर्ता लिन एमालेको निर्देशन


हुम्ला १५ फागुन ।
प्रदेश सरकार गठनमा पैशाको चलखेल भएर कनिष्टलाई मन्त्री बनाएको भन्दै प्रदेश सदस्य र पार्टी साधारण सदस्यबाट राजीनामा दिएका एमाले नेता चन्द्रबहादुर शाहीलाई पार्टी काममा फर्कन एमाले प्रदेश कमिटीले आग्रह गरेको छ ।

प्रदेश सरकार गठनका क्रममा केही कमजोरी भएको स्विकार्दै एमाले प्रदेश संगठन कमिटीले प्रदेश सदस्य शाहीलाई लिखित पत्र पठाएको छ ।

पार्टी स्थायी कमिटीको फागुन ११ गते बसेको बैठकमा शाहीका बारेमा निकै छलफल भई केही कमिकमजोरी भएको ठहर गर्दै शाहीलाई आगामी दिनमा उचित जिम्मेवारी दिने आश्वासन सहित प्रदेश सभा सदस्य पद र पार्टी सदस्यबाट दिएको राजीनामा फिर्ता लिन निर्देशन दिएको हो ।

पार्टीको निर्देशनलाई शाहीले सकरात्मक मानेका छन । काठमाडौंबाट सुर्खेत जाँदे गरेका शाहीले आफू मन्त्री र सभासद हुनका लागि पार्टीमा नलागी समाजवाद ल्याउन लागेको दावी गर्दै पार्टी आफनो विधि र पद्धती छोडेर धनवाद र डनवादमा हावी हुन थालेपछि अह्य भएर राजीनामा दिएको बताए ।

कुराकानी गर्दै शाहीले भने “पार्टी स्थायी कमिटिले नै केही कमजोरी भएको स्विकार गरेको मात्रै छैन म सँग अब अगामीि दिनमा यस्ता कमजोरी नगर्ने लिखित प्रतिवद्धता जनाएको छ । अब म पार्टीको त्यही प्रतिवद्धताका आधारमा सबै पुर्वत जिम्मेवारीमा फकिन्छु ।”
पार्टीलाई आफ्नै विधि र पद्धतीमा बढाउन राजीनामा दिएको बताएका शाहीले पार्टीले गल्ती गर्दा कार्यकर्ताले सजगन गराए समाजवाद ल्याउने लक्ष्य असम्भव हुने दावी गरे ।


यसका बारेमा एमाले ६ नम्बर प्रदेश संगठन कमिटिीका संयोजक ज्ञावलीले भने केही बोलेनन् । अन्नपूर्णले टेलिफोनबाट प्रतिक्रिया लिन खोज्दा आफू व्यस्त रहेको बताएका ज्ञावलीले सबै कुरा पत्रमै उल्लेख भएको बताए ।

पार्टीका तर्फबाट एमाले प्रदेश नम्बर ६ संगठन कमिटीका संयोजक यूवराज ज्ञावलीले लिखित पत्र पठाउँदै शाहीलाई राजीनामा र्फिता लिएर र पूर्ववत जिम्मेवारीहरुमा फर्किन निर्देशन दिएका छन् ।

एमाले मुगुका संस्थापक शाही कर्णाली प्रदेशको सभामुखका दाबेदार थिए । तर आफूलाई प्रदेश सभाको सभामुख र मन्त्री केही पनि नदिई पार्टीमा कम लगानी र योगदान दिएकालाई अवसर दिइएपछि शाहीले अपमानित भएर राजीनामा दिएका थिए ।

प्रदेश सरकार गठनमा आफूमाथि अन्याय भएको र आर्थिक चलखेलमा मन्त्री छनोट गरिएको भन्दै शाहीले गत साता प्रदेशसभा सदस्यको राजिनामा हुलाकमार्फत कर्णाली प्रदेशका सभामुखलाई पठाएका थिए । प्रदेशसभा सदस्य र पार्टी सदस्यसमेत नरहने गरी राजीनामा दिएका शाही मुगुबाट निर्वा्चित प्रदेशसभा सदस्य हुन । उनी कर्णालीका एमाले नेताहरुमध्ये सिनियर मानिन्छन् ।


ताजा समाचार