Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

प्रदेशको समृद्धी नाला सफा गरेर हुन्छ की ? निती नियम निर्माण गरेर मन्त्रीज्यु ।

 

 

युवराज पंगाली, 

सुर्खेत, १५ फागुन । प्रदेश सरकार कार्यवन्यनमा आएसंगै विभिन्न प्रदेशका मुख्यमन्त्रीहरु पनि लोकप्रियता कमाउनका लागी विभिन्न नमुना योग्य कामहरु गर्न थालेका छन् ।
सबैले भन्दा पहिला नाम र राजधानी तोक्न सफल भएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सुर्खेतको वीरेन्द्रनगर बजार व्यवस्थापन गर्ने अभियानमा साथ दिदैँ एका विहान हातमा झाडु समाएर मंगलगढि चौकमा दलबल सहित देखिए ।


केहि स्थानिय नागरिहले विभिन्न प्रकारका आलोचना पनी गरे । वास्तवमा यो कर्णाली प्रदेशको समृद्धी लागीनै सुरुवाती काम भएको थियो । फगुन १५ गते फेरी प्रदेश नम्वर दुईका मुख्यमन्त्री लालबाबु रावतले पनि झाडु समाएर जनकपुर शहरलाई व्यवस्थापन गर्न भन्दै नाला सफा गरे ।
यि दुई मुख्य मन्त्रीले यस्तो काम गरे संगै उनीहरुलाई मत दीएर जिताउने मतदाता भने हर्षउल्लसका साथ सहयोग गरिरहेका छन्, भने विपक्षीलाई मतदान गरेका मतदाताहरु भने आलोचना गर्न पछी परेका छैनन् ।
उनीहरुले आलोचना गर्नु पनी स्वभावीक हो । तर मुख्यमन्त्रीहरु एक आपसमा उधाहरणीय काम गर्न तातीएका छन् ।
यस्ता नाला सरसफाई गर्ने काम त पहिले निर्वाचीत हुनासाथ अन्य नेताहरुले पनि गरेकै हुन । पछि “ जस्ता थे बाउन वाजे उस्ताकबो उस्तै ” भनेझै भयो । स्थानिय तहको निर्वाचन सम्पन्न भएर मियर पदमा निर्वाचीत भए पछि वीरेन्द्रनगर नगरपालीकाका मियर देव कुमार सुवेदीले पनी हत्तन पत्त नाला सफा गर्न तम्सीय र अन्तमा वीरेन्द्रनगरको हालत उस्ताको उस्तै भयो ।


अव प्रदेश नम्वर दुईको ताल पनी त्यस्तै हुने पो होकी । त्यसैले सस्तो लोकप्रीयता कमाउनका लागी बाटो घाटो नाला सरफाई गर्नु भन्दा मुख्य मन्त्रीज्यु हरुले बरु निति निएम निर्माण गरि दिर्घकालीन रुपमा कार्यन्वयनमा लैजाने तर्फ ध्यान दिदाँ राम्रो हुने थियो ।
(लेखक नेपालपथ डटकमका कार्यकारि सम्पादक हुन)


ताजा समाचार