Loading... आजः बिहिबार, फाल्गुन २०, २०७७
Trending

प्रदेश नं. ६ स्तरिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने


सुर्खेत, १४ फागुन । यही फागुन १९ गते देखि सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । सुर्खेत क्रिकेट संघको आयोजनामा टि–२० क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

उक्त प्रतियोगिताका लागि लागि विभिन्न उपसमिति गठन गरिएको छ । जस अनुसार प्रचार प्रसार उपसमितीको संयोजकमा नगेन्द्र उपाध्याय, सदस्यमा रमेश शाही र प्रकाश भुसाल रहेका छन् ।

त्यस्तै, मञ्च तथा अतिथी सत्कार उपसमितिको संयोजक सन्दीप कोइराला, सदस्यमा बिश्व भारती र सन्देश रावत रहेका छन् भने, मैदान तथा प्राबिधिक उपसमिति संयोजक श्याम थापा, सदस्य जिबन शाही र प्रकाश भुसाल रहेका छन् । होटेल तथा खेलाडी व्यवस्थापन उपसमिती संयोजक रुद्र भनडारी सदस्य बिदुर केसि र महेस आचार्य छन् । प्रतियोगिताको टाई सिट १५ गते प्रकाशन हुने भएको छ ।

प्रतियोगितामा हालसम्म दैलेख, सल्यान, जाजरकोट, रुकुम र सुर्खेत जिल्ला सहभागी हुने पक्का भएको छ ।

प्रतियोगितामा अनुमानित ६ लाख खर्च हुने भयेको ले आर्थिक संकलन मा प्रार्याप्त नभएको सम्पुर्ण व्यापारी तथा विशेष गरेर नगरपालिकासंग सहयोगको अपेक्षा समेत गरेको जनाईएको छ ।


ताजा समाचार