Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

टी–२० विश्वकपको छनोट तालिका सार्वजनिक, नेपाललाई कतिको सहज

काठमाडौँ । अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले टी–२० विश्वकपको छनोट तालिका सार्वजनिक गरेको छ।

आइसिसीले सोमबार सार्वजनिक गरेको छनोट तालिकामा ६१ देश सहभागी छन्। सन् २०२० मा अस्ट्रेलियामा हुने खेलको पहिलो चरणको छनोट १२ क्षेत्रमा हुनेछ। जसमा अफ्रिकाबाट ३, उत्तर तथा दक्षिण अमेरिकाबाट २, एसियाबाट २, पूर्वी एसियाबाट २ र युरोपबाट ३ क्षेत्र छन्।

पहिलो चरणको १२ क्षेत्रको छनोटबाट २५ टिम दोस्रो चरणको छनोटका लागि छानिने छन्। दोस्रो चरणको छनोट पाँच क्षेत्रमा संचालन हुनेछ। दोस्रो चरणको चरणबाट ७ टिम अन्तिम चरणको छनोटमा सहभागी हुनेछन्।

अन्तिम चरणको छनोटमा १३ टिमबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणको छनोटबाट छानिएका ७ र यसअघि टी–२० विश्वकप खेलेका ६ टिम गरी १३ टिमले अन्तिम चरणको छनोट खेल्ने आइसिसीले जनाएको छ।

हाल टी–२० मान्यता रहेका १६ टिम मध्ये सन् २०१८ को डिसेम्बरमा शीर्ष १० वरीयता हुने टिम टी–२० विश्वकपमा स्वत छनोट हुनेछन्। वरियताका आधारमा छनोट हुने १० टिम र अन्तिम चरणको छनोटबाट छानिने ६ गरी १६ टिमबीच सन् २०२० को टी–२० विश्वकपमा प्रतिस्पर्धा हुनेछ।


ताजा समाचार