Loading... आजः शनिबार, अशोज २, २०७८

कक्षाकोठाको अभावले चौरमा पढाई

रेशम बहादुर खडका

जाजरकोट, १५ फागुन । जाजरकोटको जुनिचाँदे गाउँपालिका ७ निपाने स्थित रहेको पुतलि निमाबिका विद्यार्थी कक्षाकोठाको अभावले गर्दा खुल्ला आकाशको चौरमा बसेर पढ्न बाध्य छन् ।
बिगत ८ बर्ष पहिले (जेटिजेट) कार्यक्रमले ७ कोठे भवन निर्माण गरेको र हाल सोहि भवनका २ ओटा कोठाम पोष्टीक भण्डार भान्साको रुपमा लिएकोले बिद्यार्थिलाइ पढनपाटनमा समस्या देखिएको ब्यबस्थापन समितिका अध्यक्ष नौनसिंह घर्तीलेले बताए ।
बिद्यालयमा बाल बिकासको लागि २ कोठे भवन जिल्ला शिक्षा कार्यालय जाजरकोट बाट निर्माण गरिएको थियो । निर्माण भवन गत बर्षको बर्षायाममा बाढिले जिर्ण बनाय पछि हाल मर्मत सम्बार नहुदा बिद्यार्थि लाई पठन पाठन गर्न समस्या भएको अध्यक्ष घर्तीले बताए ।
कक्षा १ देखि ८ सम्म दुई सय पचास विद्यार्थी अध्ययनरत रहेका विद्यालयमा अहिले सम्म पनि पाँच वटा कोठामा पढाउँदै आएका छन ।
जसले गर्दा विद्यार्थीहरु विद्यालय अगाडिको चहुरमा बसेर पढ्न बाध्य छन् । विद्यार्थी विद्यालय जादाँ कापी किताबको साथमा आफू बस्ने बोरा र चगटि बोक्ने गरेका छन् । विद्यालय वरिपरि स्थानिय बासीले घर र टहरा बनाएका कारण विद्यार्थीलाई खेल्ने ठाउँको समेत समस्या भएको छ । धुलो को कारणले बिद्यार्थिहरु बिरामि हुनेगरेको स्थानिय बासि राजेन्द्र रोकाले बताए ।

प्रधानाध्यपक मान बहादुर बुढाका अनुसार विद्यालयमा ५ वटा मात्र कोठ भएर विद्यार्थी हाल क्क्षा २ र १ एउटा कलासमा राखेर पढाउने गरेको कक्षा ३÷४ संगै बसालेर पढाउने गरेको बताए । कक्षाकोठामा विद्यार्थी नअटेपछि विद्यार्थीलाई खुल्ला चौरमा राखेर पढाउनू पर्ने बाध्यता रहेको हो ।
कोठा अभाबकै कारण चर्को घाम लाग्दा, पानी पर्दा र शीतलहर चलेको समयमा विद्यालय बन्द हुनेगरेको छ ।
उता जिल्ला शिक्षा कार्यालय जाजरकोटका जिल्ला शिक्षा अधिकारी ललित बिक्रम सिंहले यो समस्याको बारेमा स्थानिय बासिले धेरै पटक माग गरेको ले हाल सम्म समस्या समाधान नभएकोले तत्काल समाधान तर्फ अगाडि बढने बताएका छन । साथै आगामि गाउँपालिका मार्फत पहल गर्न अनुरोध गरिएको अधिकारी सिंहले बताए ।


ताजा समाचार