Loading... आजः बुधबार, कार्तिक १२, २०७७

श्री शाई कुमारी भगवती देवी दिग्रे मन्दिरको परिचय

नेपाल धर्म संस्कृति भेषभुषा भाषा भौगोलिक विविधता धरातलीय प्राकृतिक स्वरुप प्राकृतिक स्रोत साधनले भरिपुर्ण तथा सम्पन्न मुलुक भएको कुरा सर्वविदितै छ । धर्म संस्कृति भौगोलिक र प्राकृतिक विविधता संगै आर्थिक सामाजिक साँस्कृतिक जातजाती र भाषिक विविधता पनि नेपालको विशिष्ट पहिचान हो ।नेपालमा धार्मिक स्थलहरुको स्थापना र संख्या पनि उल्लेख्य छन ।

नेपालको पश्चिममा अवस्थित दुर्गम जिल्ला रुकुमको सदरमुकाम मुसीकोट खलंगादेखि करिव एक घण्टाको पैदल बाटो र गाडिमा २० मिनेटको समयमा पुग्न सकिने मुसीकोटको उत्तर पुर्वमा अवस्थित मध्यपश्चिमकै सु-प्रसिद्ध श्री शाईकुमारी देवी भगवती डिग्रे मन्दिर पनि एक रहेको छ।यो मन्दिर ऐतिहाँसिक तथा पुरातात्विक महत्वका दृष्टिले र प्राकृतिक सौन्दर्यले झपक्कै सजिएको छ । यस मन्दिरको शीरमा वसन्त ऋतुमा फुल्ने लालीगुराँसले राताम्य भई शोभायमान भएको दृष्य देख्न पाईन्छ ।वरपरको क्षेत्रमा सुनगाभा भनिने केरेफुलको सुगन्धित वास्नाले झनै मन लोभ्याउने गर्दछ । विभिन्न थरिका प्राकृतिक सम्पदाको धनी यस मन्दिर परिसर साह्रै मनमोहक छ । मन्दिरको केहि तलतिरवाट वाह्रै महिना कलकल वग्ने चिसोपानी मुल जाग्नु यहाँको एक मुख्य विशेषता हो । यहाँ पर्यटकीय दृष्टिले भन्ने हो भने मन्दिरदेखि एकघण्टा पैदल दुरीमा करिव तीनहजार एकसय मिटरको उचाइमा रहेको जन्तीओलपिएको लेक भ्यू टावरको रुपमा अवस्थित छ ।जहाँवाट रुकुम जिल्लाका मुख्य पर्यटकीय स्थलहरु जस्तै सिस्ने हिमाल स्यार्पुताल पुरानो सदरमुकाम रुकुमकोट वाँफीकोट काँडा गाउमा अवस्थित गादीघर मन्दिर नागवेलीझै कलकल वगिरहने सानीभेरी नदी झारमारेको उच्चलेक तीन वहिनीको लेक कमल दह मौराखारको उच्च लेक सिंहलेक पुथा हिमाल लगायत डलसिंगे लेक चित्रीपाटन खौलाछेर्ना ठूली कुमाख र चाखुरे हिमाल लगायत रुकुम जिल्लाका रमणिय ठाँउहरु अवलोकन गर्न सकिन्छ ।

पौराणिक किम्वदन्ती अनुसार द्वापर युगको अन्त्यसँगै प्राचीन कालमा धेरै लामो समयसम्म पानी नपरी खडेरी परेर पानीको हाहाकार परेको समयमा थर्पु गाउमा गृहस्थी गौतम थरका व्राहमणका गाईहरु पानी खान नपाई पानीको खोजीमा लागेको समयमा पश्चिम नेपाल तत्कालीन सल्यान थुम गौंडारुकुम मुसीकोट अन्तर्गत थर्पु डिग्रेको पानीको धारा भएको स्थानमा अद्भूोत पहरामा एक अपरिचित सुन्दरीले हालको शाईकुमारी मन्दिरको तलतिर मुहान भएको धारामा स्नानगरीरहेको अवस्थामा ती गृहस्थी पुरुषले गाई खोजीरहेको समयमा सो पहरावाट पानी वगिरहेको स्थानमा ती सुन्दरीले स्नान गरीरहेको देख्दा ती सुन्दरीको तेजले उनलाई हेर्न नसकी उत्तर पूर्व फर्कदा एक पहेलो वस्त्रधारी पुरुषलाई देखेपछि आश्चर्य चकित भई केही वचन वोल्न वा कुरा गर्न नसकी आफ्ना गाई खोज्न लागेछन र त्यस स्थानवाट नजिक उन्नेचौर भन्ने ठाँउमा गाईहरु भेटाई घरतिर ल्याउन खोज्दा ती गाईहरु आफ्नो घरतिर ल्याई रहेको समयमा ती गाईहरु घरतिर नआई पानीको मुहान भएको ती सुन्दरी वसेको ठाँउतिर लागि ती सुन्दरीको वरिपरि वसेका र ती गाईहरु आफ्नो नजिक आई वरिपरि बसेपछि ती गृहस्थी पुरुषले गाईलाइ घरतिर लैजान खोजेपछि ती सुन्दरीले गाईहरु तपाईका होईनन् यी गाईहरु अवदेखि मेरा भैसके यी गाईलाई यदि तपाई लैजानुहुन्छ भने तपाईले मैले भनेका वचनहरु मान्नुा पर्दछ ।

यो अति पवित्र स्वच्छ सुन्दर ठाँउलाई तपाईले अति सुन्दर पवित्र र शक्तिपीठ वनाउनु पर्दछ । सुन्नुसहोस मैले भनेका कुराहरु ठूली एकादशीमा तुलसीको वीउ रोपी मठ वनाई तुलसीको वेर्ना रोपी वेर्ना जगाई कार्तिकको बैकुण्ठ एकादशीको दिनमा नुहाईधुवाई गरी तुलसी पूजागरी तुलसीलाई वाँसको लिंगो हाली तुलसीको जल खाई शुद्ध भई ब्रत वस्ने चलन चलाई वैकुण्ठ चतुर्दशीको दिनमा पूजाआजा गर्नेमूल पर्वको रुपमा मानी म शाईकुमारी भगवती देवी र महादेव सिद्ध वावाको विधिवत पूजाआराधना गरी मेरा वाहन हरुलाई बोका बली चढाई साँझ सन्ज्य पर्नुभन्दा अगाडिसम्म पूजापाठ चलाउनु र राति देवी र सिद्ध वावाको आराधना गरी जाग्राम वसी भोलिपल्ट पूर्णिमाको दिनमा मेला भरी पूर्णिमाको साँझपख फुलपाती फुललफल्लार वाँडि मेला विसर्जन गर्ने गरी म शाईकुमारी भगवती देवीको र महादेव सिद्ध वावाको पवित्र मन्दिर विधिवत रुपमा स्थापना गरी यही पानीको मुहान रहेको गुफा फल्याघर मन्दिर र मेरो नजिकमा रहनु भएका महादेव सिद्धवावाको मेरो मन्दिर भन्दा माथिमन्दिर वनाई विधिवत तरिकाले पूजा आजा गर्ने चलन चलाउनु नत्र अनिष्ट हुनेछ भन्नेि वानी ती सुन्दरी वाट भएर सुनायपछि ती सुन्दरी र पहेलो वस्त्रधारी महादेव सिद्धवावा लगायत गाईहरु समेत अदृश्य भएपछि ती गृहस्थी व्राहमण आफ्नो घरमा आई गाउघरमा सो कुरा जाहेर गरी स्थानीय गाउलेहरुलाई ती देवीले भनेका सवै वृत्तान्त राम्रोफसँग वताई बुझाई स्थानीय गाउलेहरुवाट सहयोग लिई सो भनेको स्थानमा काष्ठ मन्दिर फल्याघर वनाई गौतम थरका अत्री गोत्रका ब्राह्मण जीवदास उपाध्याय गौतमका सन्तान पूजारी वनाई माहिला छोराका सन्तानहरुलाई श्री शाईकुमारी भगवती देवी र महादेव सिद्धवावाको पूजाआजा गर्ने जिम्मा लगाई विधिवत तरिकाले नित्य पूजा आरधना गर्ने सुरुवात गरी श्री शाईकुमारी भगवती देवी रमहादेव सिद्धवावाको मन्दिर सहितको सुरक्षा गर्ने जिम्मा साँख गाउका आदिवासी तथा जनजातिहरुलाई वाजागाजा सहित लट्ठी ठोक्दै भुतप्रेतलाई डरत्रास देखाउदै सुरक्षा गर्ने जिम्मा दिई कार्तिक शुक्ल बैकुण्ठ चतुर्दशीको दिन देवी र सिद्धवावाको पूजा आरधना गरी वोका वली दिने र रातमा जाग्राम वसी भोलि पल्ट पूर्णिमाको दिन मेला भरि पूर्णिमाको साँझ फुलपाति वितरण गरी वर माग्नेलाई पूजारीको तर्फवाट आशिर्वाद दिई मेला विसर्जन गरी मेला टुङ्गयाउने परम्परादेखि चल्दैआएको छ । परम्परा सनातन र संस्कृतिलाई थाती राख्दै यो मन्दिरमा विहान साँझ नित्य पूजा गर्ने चलन परंपरा देखि चल्दै आएको छ । कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाको दिन पूजा पाठ गर्ने र मेला भर्ने रुकुम जिल्ला लगायत छिमेकी जिल्लाहरु जाजरकोट सल्यान रोल्पा डोल्पा प्यूठान सुर्खेत वाँके वर्दिया दाङ्ग जुम्ला दैलेख कैलाली तराईका अन्य जिल्ला लगायत राजधानी काठमाण्डौ र भारतवाट समेत दर्शन गर्न र मेला भर्न श्रद्धालु भक्तजनहरुको ओईरो लाग्ने गरेको छ । यस मन्दिरको स्थापना कहिले भएको भन्ने कुरा यकिन हुन नसके पनि यस मन्दिरमा रहेको १६४१ लेखिएको घण्टले पुष्टी गर्दछकी यो मन्दिर पौरानिक मन्दिर हो भन्ने१ कुरा पुष्टि गर्दछ ।

भौगोलिक क्षेत्रः
यस श्री शाईकुमारी भगवती देवी मन्दिर समुन्द्र सतहवाट करिव १८००मिटर देखि २२०० मिटरको उचाईमा अवस्थित रहेको छ । यस मन्दिरको क्षेत्रफलले ओगटेको जग्गाको क्षेत्र मन्दिरको चार किल्लाको क्षेत्र पूर्व केदार के सी र रामबहादुर के सीको आवादी पश्चिम टोपबहादुर खत्री गेदलाल देवकोटाको जग्गा उत्तर भिमसेन के सी र सातदुले सामुदायिक वन र दक्षिण कुमार गौतम सुर्यलाल गौतम माया के सीको आवादी जग्गा र वाछिमेला महिला सामुदायिक वन यस चार किल्ला भित्रको २४७६५ वर्ग मिटर जग्गा मुसीकोट नगरपालिका वडा नं ५ थर्पु डिग्रे क्षेत्रमा रहेको छ । यो जग्गा कुनै गुठी नभै मन्दिरको नाममा दर्ता गरीएको जग्गा र भाल्दुला १ वडा नं मा १५०० वर्गमिटर समेत २६२६५ वर्गमिटर तत्काल चार घाटवुरा एक मुखिया रहने समयमा स्यालापाखा तालुक अन्तर्गत स्यालापाखा गा वि स वडा नं ५ लम्फाकोट घरवास भै ऐ स्यालापाखा गा वि स वडा नं ५ धपे भन्ने ठाँउमा खेत भएका आशे वुढाको अपुताली गएपछि आफ्नो नाममा रहेको वडा नं ५ मा रहेको खेत १०३६५ वर्गमिटर र वडा नं ६ मा रहेको घरवास सहितको लम्फाकोटको जग्गा श्री शाईकुमारी भगवती देवी डिग्रे मन्दिरको नाममा राजीनामा गरी दिई श्री शाईकुमारी देवी भगवतीको नाममा गुठी रहेको छ । हाल सिस्ने गाउँपालिका वडा नं ८ धपेमा रहेको खेत र वडा नं ८ लम्फाकोटमा रहेको जग्गा र मुसीकोट नगरपालिका वडा नं ५ थर्पु डिग्रेमा रहेको जग्गा गरी जम्मा ४०२०० वगर्गमिटर करिव ८० रोपनी रहेको छ ।

यस मन्दिरको नाममा रहेको मन्दिर को जग्गाको साथै केही वन क्षेत्र पनि रहेको छ । यस क्षेत्र भित्र वाँज, रयाँज, खर्सु, चाँप, काउलो, टिमुर, लालीगुराँस, अयाँर, कटुज, घउँस, लिरी, पुर्से, डिमुर, काफल, घुयली, सल्लो आदी लगायतका रुखहरु वुट्यानले भरिएको छ ।

साँस्कृतिक क्षेत्र र मान्यताः
यस मन्दिरमा दैनिक रुपमा साँझ विहान नित्य रुपमा विधिवत रुपमा पूजापाठ गर्ने चलन सनातान रुपमा परंपरादेखि चल्दै आएको छ । दैनिक रुपमा पूजापाठ गर्ने मन्दिरको तर्फवाट मन्दिरका पूजारीवाट गर्ने गरीन्छ भने यस मन्दिरमा पूजा पाठ गर्न देवीको दर्शन गर्न आउनुहुने श्रद्धालु भक्तजनहरु पनि दैनिक रुपमा मन्दिरमा आइ पूजापाठ गरी वोका वलि लगायत नरिवल र अन्य फलफुल पनि देवीलाई चढाउने चलन छ ।

यस मन्दिरमा हरेक एकादशीको दिन औसींका दिन वुद्धजयन्तीका दिन र कन्यकद सोह्र श्राद्ध का दिनहरुमा नित्य पूजा गरीएता पनि पशुवलि चढाउने चलन छैन ।

यस मन्दिरमा चामल अक्षेता तिल जौं रंग केशरी अविर धूप दीप वावियो पाती र पुष्प लगायत विभिन्न पूजा सामाग्रीहरुले पूजा गर्ने चलन छ । यस मन्दिरमा आई पूजा पाठ गरी देवीलाई भाखा कवोल गरी वरदान मागेमा पुत्र वरदान धन वरदान अन्न वरदान विद्या वरदान लगायत अन्य मनले चिताएका मनकामना ईच्छाहरु मनले आँटे तोकेका कुराहरु पूर्ण हुन्छ भन्ने श्रद्धालु भक्तजनहरुमा विश्वास रहेको छ ।

यस मन्दिरमा आई स्वच्छ मनले पूजापाठ गरेमा मोक्ष प्राप्त हुन्छ र जुठोपिठो फोहरफाहर छातछुत चोरी डकैती ठगढाँट गरेमा त्यसलाई नराम्रो हुन्छ भन्ने जनविश्वास रहेको छ ।

खास गरी यस मन्दिरमा पूजापाठ गर्ने पूर्णिमा अथवा मूल पर्व कार्तिक बैकुण्ठ चतुर्दशी र पूर्णिमाको दिनलाई भनिन्छ भने आजभोली हरिवोधनी एकादशीको दिन देखि यस मन्दिरका मुख्य पूजारी लगायत अन्य सहायक पूजारीहरु र यस मन्दिर वरपरका श्रद्धालु भक्तजनहरु लगायत अन्य सर्वसाधारण मानिसहरुले एकादशीको दिन नुहाईधुवाई सफासुग्घर गरी पवित्र भई पूजापाठ गरी तुलसीको जल खाई शुद्द भई एकादशी देखि जूठो पिठो नगरी कालवी नखाई वैकुण्ठ चतुर्दशीको दिन सम्म शुद्द रही चतुर्दशीको विहानै नुहाई सफासुग्घर भई विहान पूजापाठका सामाग्रीहरु गाईको शुद्व दुध मन्दिरमा धारको रुपमा देवी र महादेव सिद्धवावालाई चढाई दीप वाली अक्षता पानी रंग अविर पुष्प चन्दन नैवेद्ये, फलफुल र अन्य वस्त्रहरु चढाई देवीको विधिवत पूजापाठ सिद्धयाएपछि अन्तमा वोकालाई पानी हाली मनाई वली चलाई वरदान र पानफुल मागी घर फर्किन्छन र भोलि पल्ट पूर्णिमाको दिन मेलाभर्न र हेर्न आउने चलन छ ।

वहु-साँस्कृतिक विश्वासः
यस श्री शाईकुमारी भगवती देवी मन्दिरमा हिन्दु मानव वौद्ध वैष्नव जैन धर्म मान्ने धर्मावलम्वीहरु यस मन्दिरमा पाल्नु भई भगवती देवी र महादेव सिद्धवावाको पूजापाठ गर्ने गरेको पाईएको छ । यहा देवी र सिद्धवावाको ठूलो शक्तिमा अगाध जनविश्वागस रहेको छ । आफ्नो धर्मको रक्षा गर्दै अरु धर्मको सम्मान गर्ने जुन धर्ममान्ने मानिस भएतापनि मन्दिरमा प्रवेशमा मनाही गरीदैन ।

विभिन्न धर्म जात जाति र लिंङ्गको रुपमा पाल्नुहुने विधिन्न श्रद्धालु भक्तजनहरुमा विभेद तथा भेदभाव गर्ने चलन छैन । सवै पाल्नुहुने भक्तजन हरु लाई समान रुपले स्वागत र सम्मान गरीन्छ ।

यस मन्दिरमा पूर्णिमाको दिनमा वा वैकुण्ठ चतुर्दशी र पूर्णिमाको दिनमा बिभिन्न प्रकारका नाचगानहरु बिभिन्न समुदायका झाँकी नाचहरु बिभिन्न समुदायका कलाकर्मीहरुवाट प्रदर्शनी गरीदै आएको पाईन्छ । जस्तै झ्याउरे सिंगारु सोरठी पैसेरी मयुर ख्याली लगायत सगाल नाच पनि प्रदर्शन गरीन्छ ।

मेलाको अवधिमा यहा विभिन्न प्रकारका होटल र पसलका स्टलहरु पनि राखिएका हुन्छन ।विभिन्न परिकारका खानपीन र विभिन्न सामाग्री हरु फलफुल किनवेच चल्छ । जस्तै विभिन्न प्रकारका मिठाई जेरी फलफुल केरा अम्वा सुन्तला जलपीन हलुवावेद सखरखण्ड स्याउ आदीको किनवेच चल्छ ।

यहाँ विभिन्न प्रकारका साँस्कृतिक झाँकी नृत्य जादु भिडियो डकुमेन्ट्री देखाउने चलन छ एवं चर्खे पीङ्ग खेल्ने खेलाउने र चिठ्ठा पनि खेलाउने चलन छ ।

दिग्रे मेलाको प्रमुख आकर्षण सकाल नाँच

वर्तमान अवस्थाका समस्याहरुः
यस मन्दिरमा वर्तमान अवस्थामा विभिन्न प्रकारका समस्याहरु छन । मन्दिर पाल्नुहुने श्रद्धलु भक्तजनहरुलमई पूजापाठ गर्न बैकुण्ठ चुर्दाशी र पूर्णिमाको दिनमा पङ्तिमा वसी वसाई गर्ने गराउनु पर्दछ । किनभने खुला ठाँउ नभएको कारणले मन्दिरको चारैतिरवाट पूजापाठ गर्ने पाला दिया धुपौरा आदी सामाग्रीहरु नभएको कारणले बैकुण्ठ चुर्दाशी र पूर्णिमाको दिन सधै समस्या खड्कीरहन्छ । अघिपछि त्यति समस्या आउदैन ।

वाहिरवाट पाल्नुहुने श्रद्धालु भक्तजनहरुलाई वास वस्न समस्या लगायत तपशिल अनुसारका समस्याहरु खड्कीएका छन । यस मन्दिरमा हालसम्म कुनैपनि सरकारी वा गैरसरकारी संघ संस्था वा कार्यालयहरुवाट एक पैसाको पनि सहयोग प्राप्त भएको छैन । ति समस्याहरु निम्न प्रकार रहेका छन ।
 धर्मशाला
 पिउनेपानी
 शौचालय
 बृद्धाश्रम
 पुस्तकालय
 मञ्च
 विभिन्न मन्दिर निर्माण एवं जर्णोद्वार
 वलीस्थान को राम्रो व्यवस्था नभएको
 मूर्ति निर्माण खरिद तथा स्थापना
 सञ्चारका साधनको असुविधा
 घेरावार
 फुलवारी
 प्रदक्षिणालय निर्माण
 पहिरो नियन्त्रण
 वृक्षारोपन
 गुठी जग्गाको व्यवस्था
 पिकनिक पार्क निर्माण
 भ्यू टावर निर्माण
 वाटो तथा सडक निर्माण
 अग्नी कुण्ड तथा विवाह मण्डप निर्माण
 प्रतिक्षालय निर्माण

वातावरणिय सरसफाई आदी समस्याहरु खड्कीरहेका छन । यी समस्याहरुलाई वर्तमान समयमानै समस्या समाधान गर्नु पर्ने नित्तान्त आवश्यकता खड्कीएको देखिन्छ । दीर्घकालिन समस्या निम्नप्रकारका छन
प्रचारप्रशार:
 धार्मिक पर्यटकीए क्षेत्र घोषणा
 आन्तरीक एवं वाह्य पर्यटक भित्र्याउनु पर्ने
 यातायातको सुविधा
 डम्पिङ साईटको व्यवस्था
 होमस्टे स्थापना
 गौशाला निर्माण
 वजार तथा होटलको व्यवस्था
 वलीचढाईएका वोका व्यवस्थापन रहेका छन ।

समाधानका उपायहरुः
यस मन्दिरमा भएरहेका समस्याहरुको समाधान गर्नको लागि यस क्षेत्रका सवै सरोकारवाला पक्षहरुले आ-आफ्नो पक्षवाट आफ्नो दायित्व कर्तव्य र जिम्मेवारीसम्झि तत्कालै व्यवस्थापन गरी निर्माण गर्नमा जुट्नु पर्दछ । यसका सरोकारवाला पक्षहरु जस्तैः मन्दिर व्यवस्थापन समिति नजिकका समुदाय विभिन्न गा वि स नगरपालिकाहरु जि वि स सुरक्षा निकायहरु विभिन्न सरोकारवाला संघ संस्थाहरु र श्रद्धालु भक्तजनहरु लगायत सवै पक्षहरु मिलिजुली यहाँ आईपरेका समस्याहरुको समाधान गर्न सकिन्छ । साथै आ-आफ्नो तर्फवाट को को वाट के कती सहयोग गर्न सकिन्छ यसको वारेमा समस्या पहिचान गरी जुट्न जुटाउन सवै सरोकारवाला पक्षहरुलाई अभिप्रेरित गर्न नित्तान्त जरुरी देखिन्छ । यति गर्न सकेमा यी समस्याहरुको समाधान गर्नको लागि गुरुयोजना तत्कालै निर्माण गरी कार्य प्रारम्भ गर्न आवश्यक देखिन्छ ।

क्षेत्रः
यसको क्षेत्र व्यापक छ । रुकुम जिल्लाका नगरपालिका र गा वि स हरु र छिमेकी जिल्लाहरु डोल्पा जाजरकोट दैलेख सुर्खेत बर्दिया बाँके दाङ्ग प्यूठान रोल्पा वाग्लुङ्ग म्याग्दी मुस्ताङ्ग लगायत नेपालका सवै जिल्ला लिन सकिन्छ । भारतवाट समेत यहाँ पूजापाठ र दर्शन गर्न श्रद्धालु भक्तजनहरु आउने गरेको पाईएको छ । प्यूठानको स्वर्गद्धारी मन्दिर जस्तै यस मन्दिरमा पनि भारत लगायत संम्पुर्ण हिन्दु धर्मावलम्वी हरुको धार्मिक पर्यटकीय क्षेत्र वनाउन जरुरी रहेको छ ।

आम्दानी तथा सम्पतिः
यस मन्दिरको आम्दानी भनेको मन्दिरमा चढाईएको नगद भेटी वली चढाईएका वोकाको टाउका विक्री गुठी जग्गावाट आम्दानी अचल सम्पति देवीका नाउका मन्दिरको नाउमा रहेको गुठी जग्गा धर्मशाला मन्दिरमा रहेको विभिन्न देवीदेवताका मूर्तिहरु शंख घण्ट र मन्दिर परिसरमा रहेका विभिन्न संरचना आदी ।

परंम्पराको पूजापाठको चलन तथा तरिका र हालको वदलिदो तरिकाः
यस मन्दिरमा रहेको १६४१ लेखिएको घण्टले के पुष्टी गर्दछ भने यो मन्दिरको स्थापना पन्ध्रौं शताव्दीमा भएको हो । सुरुमा यस ठाउमा आई वसोवास गर्ने गौतम थरका व्राहमण देखिन्छन् ।

जीवदास उपाध्याय गौतमका चार छोराहरु मध्ये जेठा छोरा लालमणि उपाध्याय गौतम माहिला छोरा रुद्रमणि उपाध्याय गौतम साँहिला छोरा चुडामणि उपाध्याय गौतम र कान्छाछोरा धनन्जय उपाध्याय गौतम यी चार छोराहरु मध्ये जीवन दासका माहिला छोरा रुद्रमणिका सन्तानहरुले यस शाईकुमारी भगवती मन्दिरमा पूजा पाठ गर्दै आएका र केही पुस्ता पछि जीवनदासका कान्छा छोरा धनन्जयका कान्छा छोराका सन्तान प्यूठानको स्वर्गद्वारीमा संस्कृत तथा कर्मकाण्ड वेद पढ्ने आश्रम खुलेपछि त्यहाँ गई वेद पढि वेद जान्ने र राम्रो कर्मकाण्ड गर्न जान्ने भनि पछि माहिला वाजेका सन्तानवाट वेद पढेका व्राहमण भनि कान्छावाजेका सन्तानलाई पूजापाठ गर्ने जिम्मा दिईएको थियो ।हाल आएर जीवनदासका एघारौं पुस्ताका सन्तान जयलाल उपाध्यायका कान्छा छोरा डिल्ली प्रसाद उपाध्याय यस मन्दिरका मुख्य पूजारीको रुपमा साँझ विहान नित्य पूजापाठ गर्दै आउनु भएको छ ।२०३० साल भन्दा अगाडीको समयमा यस रुकुम जिल्लाको सदरमुकाम रुकुमकोटमा रहेको थियो । रुकुमकोट वाट २०३० साल वैसाख १ गते सदरमुकाम मुसीकोट खलंगामा आईपुगेको थियो । यसभन्दा अगाडी यस मन्दिरमा पूजापाठको चलन अलि भिन्न तरिकाले गर्ने गरीएको थियो । वेद्वा व्राहमणका तीन भाई छोराहरुले चौमासिक रुपमा पूजापाठ र कर्मकाण्ड गर्ने जिम्मा लिई तीन भाई परिवारजन वाट पूजापाठ र कर्मकाण्ड आ(आफ्नै तौर तरिकावाट गरीदै आएको थियो । हालका पूजारी डिल्ली प्रसाद उपाध्यायका भाई वन्धु वेदुवाका परिवारवाट चार महिना पूजा गर्ने र अर्का भाई वन्धु स्याला परिवारवाट चार महिना पूजा गर्ने र चार महिना पूठ्याडाडाँ कुनावाङ्गका भाई वन्धुवाट गरी वर्षभरि पूजापाठ र कर्मकाण्ड गरी कर्मकाण्ड चलाउने चलन थियो ।

वर्ष भरी पूजा गरे वापत कुनै तलव ज्याला वा पारिश्रमिक केहि थिएन । लम्फाकोटमा रहेको खेत र धपेमा रहेको खेतवाट आएको धान मकै गहुँ र डिग्रे पुनी मेलाको समयमा मन्दिरमा देवीको दर्शन गर्न पाल्नु भएका श्रद्धालु भक्तजनहरुले चढाएका भेटी चामल र वली दिईएका वोकाको टाउका पारिश्रमिकको रुपमा वाडी वरावर लिने चलन थियो । त्यसैमा चित्त वुझाईएको थियो । २०३२ साल सम्म एवं रितले पूजापाठ चल्दै आएको थियो । २०३२ साल पछि हालका पूजारी डिल्ली प्रसाद उपाध्यायले एकलौटी पूजा गर्ने जिम्मा आफैले लिई मन्दिरमा भएको आम्दानी मन्दिरमा भेटी चढाएको पैसा चामल विक्री गरेको पैसा वलीचढाईएका बोका का टाउका विक्रिवाट भएको आम्दानी नेपाल वैंक लिमिटेडमा रहेको खाता आफ्नो र श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यूको संयुक्त दस्तखतमा संचालन हुनेगरी जम्मा गर्ने पूजापाठ गर्ने चलन चलाईयो ।पूजारीको पारिश्रमिक पनि त्यसैवाट र गुठीको खेतवाट प्राप्त गर्दै आईरहेको थियो । २०३६ साल सम्म जुन पुनीका दुई दिनमात्र पर्व मानेर श्रद्धालु भक्तजनहरुले भेटी चढाउने र वोका वली चढाउदै आईएको थियो केही गरी चतुर्दशी र पुर्णिमाको दिनमा पूजा गर्न छुटेमा पञ्चमीको दिनमा पूजा गर्ने चलन थियो । यसरी पूजा गर्दा नजिकका मानिसले मात्र पूजा गर्न भ्याउदथे । टाढाका श्रद्धालु भक्तजनहरुले पूजा गर्न भ्याउदैन्थे र अर्को वर्ष उही पूर्णिमा दिनमा मात्र पूजापाठ र वोका वली चढाउने र दर्शन गर्ने काम हुन्थ्यो ।कोही कोहीले मन्दिरमा विवाह गर्ने चलन पनि थियो ।

२०३६ सालको जनमत संग्रह पछि श्रद्धालु भक्तजनको ईच्छा र माग अनुसार वर्षैभरी मन्दिरमा आई पूजापाठ दर्शन गर्ने वोका वली चढाउने चलन पनि औंसी एकादशी वुद्धजयन्ती गुरुपूर्णिमा श्रीकृष्ण जन्माष्टमी तिजव्रत पञ्चमीव्रत शिवरात्री सोह्रश्राद्ध वाहेक अरु दिनहरुमा वली चढाउने चलन चल्दै आएको छ ।

हाल आएर नजिकका केही भक्तजनहरुले परापुर्व कालदेखिको चलन छाडेका छैनन जुन मुख्य मुनीको दिनमा मात्र पूजापाठ गर्ने र वली चढाउने गरी राखेका छन । कसै कसैले एकादशी देखि पर्व मान्ने र द्वादशी देखि चतुर्दशी सम्म पूजापाठ गर्ने र वली चढाउने गरीरहेका छन । पूर्णिमाको दिनलाई मेला भर्ने दिनको रुपमा टाढाका भक्तजनहरु घर गएर नफर्के पनि नजिकका भक्तजनहरुले दिनभरि मेला भरि नाचगान गरी हर्ष उल्लासका साथ मेला मानी साँझपख मन्दिरमा आई वरदान र फुलपाती मागी सौहार्दपूर्ण वातावरणमा आ(आफ्नो घर फर्कन्छन ।

प्रगति तथा फेरवदलः
२०२९ साल सम्म यस मन्दिरको स्वरुप परंपरागत शैलीको थियो । गुफामा सानोरुपमा मन्दिर स्थापना गरी फलियाले छुवाईएको थियो । देवीका मूर्ति र गुफालाई मात्र ढाकेको मन्दिर थियो । त्यस पछि मन्दिरको स्वरुप परिवर्तन गरी मन्दिर परिसरलाई फराकिलो तरिकाले वनाई सालका मेजमुटका राखि ढुङ्गाले छानो छुवाई देवीस्वरुपको मन्दिर भनि वनाईएको थियो । त्यसपछि श्रद्धालु भक्तजनहरुलाई पूजापाठ गर्न केहि सहज भएको थियो । २०३६ साल पछि भक्तजनहरुको वढदो चापले गर्दा पूजापाठ गर्न अलि असहज देखिएकोले यस जिल्लामा सरोकार राख्ने पक्षहरुको सरसल्लाह अनुसार यस मन्दिरपनि अलि फराकिलो र भक्तजनहरुलाई पूजागर्न सजिलो होस भन्ने हेतुले मन्दिरलाई चारैतिरवाट पूजा गर्न सकिने गरी ढङ्गे मन्दिरको निर्माण गरी सहज ढंगले पूजा गर्न सजिलो भएको थियो ।

यस मन्दिरले पनि खुला रुपमा पूजापाठ गर्न त्यति सहज नभएकोले २०४५ साल सम्म एवं रितले पूजापाठ चलाउदै आईयो । २०४६ सालपछि अझ वढ्दो भक्तजनहरुको चापलाई ध्यानमा राखि यस मन्दिरमा सरोकारवाला पक्षहरुको पहलमा तत्कालिन खलंगा गा वि स वडा नं ४ थर्पु र साँख गा वि स वडा नं ९ वसिवाङ्ग र मेलचौरका वासिन्दा लगायत ४३ वटै गा वि सहरु जिल्ला प्रशासन कार्यालय नेपाली सेना नेपाल प्रहरी जि वि स मालपोत कार्यालय लगायत रुकुम जिल्लाका कर्मचारी नेता कार्यकर्ताको सहयोगमा ढुङ्गे मन्दिरको स्वरुप वदलि मन्दिर परिसरलाई अझै फराकिलो पारी श्रद्धालु भक्तजनहरुलाई पुनीको दिनमा पूजा पाठ गर्न सजिलो होस भन्ने हेतुले प्राविधिकवाट ल ई तयारपारी ल ई अनुसार सालकाठको मुट्का राखि एकातिर गुफा भएको कारणले गर्दा तिनतिरवाट ग्रिल राखि वाहिरैवाट पूजा गर्ने र ग्रिलमा वत्तिवाल्नको लागि पानस राखि पित्तलको छानो राखि मन्दिर निर्माण भएको छ ।

यतिले मात्र पुग्दैन अझै यो मन्दिरलाई महाशक्ति पीठको रुपमा लिनु पर्दछ । यो मन्दिरको स्थापना चेपे पुर्व वाईससी राज्य र चेपे पश्चिम चौविसी राज्यहरु थिए ति राज्यका राजाहरुले आफ्नो कोटमा शक्ती पीठको स्थापना गरी पूजापाठ गरी बली चढाई शक्तीपीठकै आडमा आ-आफ्ना राज्य सञ्चालन गर्दै आईरहेको देखिएको थियो । तर यस मन्दिरको निरमाण र देविको स्थापना कुनै राजा वा राज्यवाट नभै स्वयं देवी र महादेव सिद्धवावाको प्रकट कारणवाट स्थापना भएको देखिन्छ । यस मन्दिरलाई सवै सरोकारवाला पक्षहरु वीच सहमति सहकार्य र सम्झौता गरी यसको महान गुरुयोजना तयार पारी यसको उन्नती प्रगति तथा जनविश्वास र श्रद्धालु भक्तजनहरुको आत्मसन्तुष्टि वनाउने पक्षमा लिनुपर्ने अत्यन्त जरुरी देखिन्छ ।
योग शिद्धि कहिले पनि खेर जाँदैन अस्थित्व कहिले पनि मेटिदैन विकसित राष्ट्रहरुमा जति विकास भएका छन ति विकासहरु मानवले नै गरेका हुन । कुनै प्रकृतिले वा आफसेआफ भएका छैनन । कुनै पनि महान कार्य गराउने राज्यको जिम्मेवारी लिएको नेतृत्व पक्षलाई हुन्छ र राज्यको नेतृत्व पक्षलाई घचघच्याउने र राज्मा कुनै कुराको संदेश र जानकारी पुर्यावउने जिम्मेवारी त्यस ठाँउमा वसोवास गर्ने वासिन्दा वा नागरीकको हुन्छ । त्यसकारण आ(आफ्नो ठाँउवाट सकारात्मक भई कार्य थालनी गरी लाग्ने हो भने असम्भव भन्ने केहि छैन यस मन्दिरलाई महाशक्तिपीठ वनाउनुपर्ने जिल्लावासी लगायत सरोकारवालाहरु त्यतिकै जिम्मेवार हुनु देखिन्छ ।

यस मन्दिर परिसरमा तपशिल अनुसारका केही नयाँ संरचनाहरु पनि निर्माण गरीएका छनः
 २०६४ सालमा खाने पानीको धारो निर्माण
 २०६४ सालमा अग्नीकुण्ड तथा विवाह मन्डप निर्माण
 २०६५ सालमा धर्मशाला र सिद्धमन्दिर
 प्रदक्षिणा गर्ने सिढी
 सिढि निर्माण र वलिस्थान पनि निर्माण गरीएका छन ।
यस मन्दिरको विकासको लागि मन्दिर परिसरमा धेरै संरचनाहरु निर्माण गर्नुपर्ने आवश्यकता खड्की रहेको छ ।

मन्दिर व्यवस्थापन समिति गठनः
२०५९ साल सम्म मुख्य पूजारी डिल्ली प्रसाद उपाध्याय र प्रमुख जिल्ला अधिकारी ज्यूको संयुक्त दस्तखतवाट मन्दिरको पूजा व्यवस्थापन कोष व्यवस्थापन तथा अन्य व्यवस्थापनहरु पूजारीकै तवर तरिकावाट हुने गरीएको थियो २०५९ सालदेखि मन्दिर व्यवस्थापन समिति गठन गर्ने प्रक्रिया चाली तत्कालीन रुकुम जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री बलवहादुर मल्ल ज्यूको सहयोगमा र खलंगा गा वि स वडा नं ४ थर्पुका वासिन्दाहरुको पहलमा मन्दिर व्यवस्थापन समिति गठन गरी मन्दिरको काम कार्यबाही अगाडि वढाउने निर्णय गरी रुकुम जिल्लाका सभापति अध्यक्ष र उपसभापति उपाध्यक्ष रहने गरी क्षेत्रिय सदस्यहरु सद्स्य र सरोकारवालाहरु पक्षहरु सदस्य रहने ४१ सदस्यीय मन्दिर व्यवस्थापन समिति गठन गरीएको र त्यो समितिले एक दिन पनि कुनै काम नगरी निस्क्रिय रहेकोले थर्पु गाउकै केही समाजसेवीहरु रहने गरी मन्दिर व्यवस्थापन समिति गठन गरी मन्दिरको रेखदेख संरक्षण र सुरक्षा तथा व्यवस्थापन समितिलेनै गर्ने गरी प्रमुख जिल्ला अधिकारी संरक्षक रहने गरी खलंगा गा वि स वडा नं ४ थर्पु निवासी श्री दोर्णबहादुर खत्रीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय रुकुममा मन्दिर व्यवस्थापन समिति गठन गरी काम काज चलाईदै आएको थियो ।

२०६९ सालमा यस मन्दिर व्यवस्थापन समितिलाई वैधानिक वनाई यस संस्थाको नाम श्री शाईकुमारी भगवती मन्दिर व्यवस्थापन पर्यटन तथा वातावरण संरक्षण केन्द्र वनाई जिल्ला प्रशासन कार्यालय रुकुममा दर्ता नं ३०७/२०६८/०६९ भै वैधानिकता प्राप्त संस्थाको रुपमा खडा गरी संस्था संचालन गरीदै आएको छ । यस मन्दिर व्यवस्थापन समिति गठन गरीनु भन्दा अगाडि कुनै पनि संस्था वनाईएको थिएन र वनाउन पनि सकिएको थिएन । मन्दिर व्यवस्थापन समिति गठन गरीए पछि मनग्य रुपमा संरचनाहरु निर्माण गर्न नसकिएपनि विस्तारै केहि संरचनाहरु वनाउदै आईएको छ ।

– महादेव सिद्धवावाको मन्दिर
– धर्मशाला
– अग्नीकुण्ड तथा विवाह मन्डप
– प्रदक्षिणालय
– खानेपानी धारा
– विजुलीको व्यवस्था
– सिढि निर्माण
– पहिरो रोकथामको लागि ग्याविन जाली
– धार्मिक वन दर्ता
– सत्यनारायण मन्दिर निर्माण
– वृक्षारोपन
– फिल्ड निर्माण
– मन्दिर अगाडि पि सि सि
खलंगा देखि पैयाचौर रावलवारा हुदै थर्पु डिग्रे सम्म मोटरवाटो निर्माण र वर्षैपिच्छे सुविधा व्यवस्थित गरीदै आएको छ ।
यस मन्दिरमा दर्शन गर्न आउनुहुने श्रद्धालु भक्तजनहरुमा कुनै प्रकारको रोकतोक भेदभाव छुवाछुतको व्यवहार हुदैन । स्वस्फुर्त रुपमा पूजापाठको व्यवस्था मिलाईएको छ ।
सरोकार तथा संरक्षक पक्षहरुः
सर्वप्रथम त नेपाल सरकारकै जिम्मेवारी हुन जान्छ किन भने आफ्नो राज्यमा रहेका जंगल जल जमिन ऐतिहाँसिक मठ मन्दिर हिमाल पहाड सिमानाहरुको व्यवस्थित गरी सुरक्षा गर्ने जिम्मा राज्यको हुने भएकोले गर्दा सरोकार राख्नु अति जरुरी छ ।
– मन्दिर व्यवस्थापन समिति
– स्थानीय संघ संस्था वा निकाय
– जि वि स
– सरोकार राख्ने विभिन्न गैरसरकारी संघ संस्था
– श्रद्धालु दर्शनार्थी
– नजिकको समुदाय गाउँ टोल
– पूजापाठ गर्ने जिम्मा लिएका पूजारी आदि

निष्कर्षः
मन्दिर एउटा भक्तिभाव केन्द्र हो । जसले मानवले गर्नुपर्ने र अपनाउनु पर्ने व्यवहार सिकाउदछ । धर्म संस्कृती योग ध्यान सद्भापव सदाचार सुविचार नैतिकता दया माया दान दातव्य श्रद्धा भक्तीभाव शान्ती कर्तव्यनिष्ट दायित्ववोध हितकारी विचार सत्य आत्मसन्तुष्टि सदाचारी प्रेमभावी अहिंसाकारी धैर्यवान सकारात्मकभावना क्षमाशिल र अति मर्यादित र सम्मानित संस्था हो ।

मन्दिर एउटा महाशक्ति पीठ पनि हो । अथवा शक्ती केन्द्र पनि हो । परापुर्व कालमा विभिन्न ठाँउका राजारजौटाहरुले दशैको महाअस्टमी र महानवमीको दिनहरुमा पञ्च वली दिने चलन गर्दै आएका थिए र अझैपनि विभिन्न कोटहरुमा चल्दै आएको पाईन्छ । यस श्री शाईकुमारी भगवती देवीको मन्दिर राजा रजौटाहरुले स्थापना नगरी आफसेआफ देवी प्रकट भई व्राहमणद्वारा स्थापना गरीएको कारण शक्तिकेन्द्र मानी भक्तिभाव ले पूजा गर्ने चलन भएपनि दशैमा पञ्च वली चढाउने चलन परंपरादेखि छैन ।

मन्दिरले मानवमा हुने वैगुनहरु कुकार्यहरु कुविचारहरु अहंकार ईष्या दम्भ लोभ लालच क्रोध कुचेस्टा स्वार्थीभाव भ्रष्टविचार मानवले गर्न नहुने कुकार्य गर्ने व्यक्तिहरुलाई ठेगान लगाउने र राम्रो काम गर्दै आएका मानिसहरुलाई राम्रो हुने विश्वास गरीन्छ । मानिसहरु आफुले गरेका नराम्रा कामहरु अबदेखि नदोहर्यासरउने वाचा गर्दै सकारात्मक कार्यतिर मन लगाईदिन प्रार्थना गर्न मन्दिर आउछन । त्यसकारण यी मठ मन्दिरहरु लाई जगेर्ना गरी राख्नु हाम्रो कर्तव्य र दायित्व हुन आउछ ।

यी संस्थाहरुले अन्यायी अत्याचारी व्यभिचारि व्यक्तिहरुलाई सदाचारी र सद्भासवको वाटोमा डोर्याीई सत्मार्गमा लाग्न सहयोग गर्दछन् । धार्मिक स्थल भनेकै मानव लाई नैतिक पाठ सिकाउने संस्था भएकोले सवै व्यक्ति लाई नैतिक वान वन्न प्रेरित गर्दछ । धार्मिक स्थलहरु कानुनका पनि केन्द्र मानिन्छन । यसो कसैले कुकार्य गर्न लागेको समयमा देवी देवता झट्ट सम्झेमा गर्न लागेको नराम्रो कार्य गर्न छोड्दछ । यी कारणले गर्दा देवदेवीका मन्दिरहरु धार्मिक आश्थाका केन्द्र रशक्तिपीठलाई संरक्षण संवर्धन सुरक्षा र जगेर्ना गर्नु अति जरुरी देखिन्छ ।

वर्तमान समयमा श्री शाईकुमारी भगवती देवी मन्दिरको रेखदेख व्यवस्थापन संरक्षणका लागि प्रमुख जिल्ला अधिकारीको संरक्षकत्वमा तपशिल अनुसारको मन्दिर व्यवस्थापन समिति गठन गरीएको छ ।

१. अध्यक्ष: लालबहादुर के सी
२. उपाध्यक्ष: भुपलाल खत्री
३. सचिव: कुमार के सी
४. सह-सचिव: दामोदर के सी
५. कोषाध्यक्ष: कृष्णा खत्री
६. सदस्य: पूर्णाशी के सी
७. सदस्य: कृष्णा गौतम
८. सदस्य: दामोदर के सी
९. सदस्य: भुपाल के सी
१०. मुख्य पुजारी: डिल्लीप्रसाद उपाध्याय

लेखक तथा प्रकाशक:
लाल बहादुर के सी
मुसिकोट नगरपालिका-५ रुकुम


ताजा समाचार