Loading... आजः शनिबार, कार्तिक ८, २०७७

आफनै आँगनमा पसल चोरी, प्रहरी प्रशासन मुखदर्सि


जाजरकोट  । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा न ३ ठाँटी बजारमा गएराति प्रहरी चौकी नजिकै करीब १०० मिटरको दुरीमा रहेका ३ वटा पसलमा चोरी भएको छ ।

प्रहरीको लापरवाहीका कारण ती पसलहरुमा चोरी भएको व्यवसायीहरुले आरोप लगाएका छन । अस्थाइ प्रहरी चौकि भेरी नगरपालिका ३ ठाँटीका प्रहरी साहयक निरीक्षक कर्ण बहादुर चन्दका अनुसार चौकिका सबै प्रहरी जवान दुई ग्रुपमा बिभाजन गरि गस्तीमा गएको बेला उक्त ठाउमा चोरी भएको जानकारि दिएका छन ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जगत स्वर्णकारको जगत ज्वैलर्सबाट साढे ४ लाख बराबरको सुन र चाँदी चोरी भएको छ । दिपक खत्रीको किराना पसलबाट नेपाल टेलिकमका रिचार्ज कार्ड, नगद र अन्य सामान गरी ५६ हजार र रामबहादुर श्रेष्ठको फेन्सी पसल १० हजारको कपडा चोरी भएको प्रहरीले बताएको छ ।

जाजरकोटका प्रहरी प्रमुख भावेस रिमालले प्रहरीकै आँगनमा रातको समयमा चोरी हुनु गम्भीर भएको र जिम्मेवारीमा लापरवाही गर्ने अस्थायी प्रहरी चौकीका प्रहरीलाई कारवाही गरिने बताए । एक सय मिटरको दुरीमा पनि सुरक्षा दिन नसकेको भन्दै प्रहरी सहायक निरीक्षक कर्णबहादुर चन्द र अन्य प्रहरीलाई आन्तरिक कारवाहीको तयारी भइरहेको बताइएको छ ।

अहिले चोर खोज्नको लागि प्रहरी गस्तीहरु परिचालन गरिएको समेत जानकारि दिए ।


ताजा समाचार