Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

नेपालगंजका युवा निर्देशक सागर को नयाँ म्युजिक भिडियो बजार मा

बाँके । नेपालगंजका युवा निर्देशक सागर सिंह ठकुरीको नयाँ म्युजिक भिडियो बजार मा आएको छ ।

राकेश ओलीको स्वरमा सजिएको ” भेट ” नामक उक्त आधुनिक म्युजिक भिडियोमा डेब्यु कलाकार सरोज आचार्य तथा चर्हित मोडेल उर्मिला रायमाझी को बेजोड अभिनय देख्न सकिन्छ । गोर्खा म्युजिक प्रालि काठमाडौँले निर्माण गरेको भिडियोमा सागर सिंह ठकुरीको निर्देशन तथा छायांकन रहेको छ भने गौतम राज खड्काको सम्पादन रहेको छ ।

थुप्रै म्युजिक भिडियोमा निर्देशन / छायांकन तथा सम्पादन गर्दै आएका सागर ले यस भिडियो मा केहि फरक पन दिने खोजेको दाबी गरेका छन्। बिगत लामो समय देखि नेपाली म्युजिक क्षेत्र मा काम गर्दै आएका सागर मध्यपश्चिम का चर्चित चित्रकार एबम कलाकार श्यामानन्द सिंह ठकुरी का कान्छा छोरा हुन्।


ताजा समाचार