Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

विद्यार्थी पढाउँदै युवा नेता न्यौपाने

कोहलपुर । माओवादी केन्द्रका युवा नेता तथा अखिल क्रान्तीकारीका निवर्तमान केन्द्रिय अध्यक्ष नरेन्द्र न्यौपानेले स्थानिय तहका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिदै आएका छन ।

हाल गृहजिल्ला बाँकेमा रहेका न्यौपानेले यहाँस्थित विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई संघीयता, समाबेशिता, कार्यपालिका, ब्यबस्थापिका र न्यायपालिकाको संरचना र त्यसका कार्यप्रणालीका बारेमा प्रशिक्षित गर्ने अभियान संचालन गरेका हुन ।

कोहलपुर नगरपालिकाको कौशिलानगरमा अवस्थित श्री कृष्ण मा.बि. बाट अभियान सुरु गरेका न्यौपानेले १० कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई प्रदेश सरकार र स्थानीय तहका बारेमा जानकारी दिने उद्धेश्यले विशेष अभियान संचालन गरेको बताए । न्यौपानेका अनुसार नगरका सम्पूर्ण विद्यालयहरुमा अभियान संचालन गरीने छ ।


ताजा समाचार