Loading... आजः बुधबार, कार्तिक ५, २०७७

नाकाबन्दीलाई सहज ब्यवस्थापन गर्न सफल पुर्ब गृहमन्त्री बस्नेत

एकीकृत पार्टीको निर्णय  पछि  केपी ओली नेतृत्वको वर्तमान सरकारमा माओवादी केेेन्द्र  प्रमुख सत्ता साझेदार दलको रुपमा प्रवेश गर्ने भएकाे छ । मुख्य सत्ता साझोदरको हैसियतामा माओवादीले गृह लगायतका केही शक्तिशाली मन्त्रालय हात पार्ने कुरा पक्का पक्कि भएकाे छ । अध्यक्ष दाहालले नयाँ सरकारमा माओवादीको नेतृत्व गर्ने व्यक्तिको विषयमा विशेषतस् दुई मापदण्ड तयार गरेका छन् । ओली नेतृत्वको सरकारमा माओवादीले अवसर नपाएकालाई पहिलो प्राथमिकतामा राखि हाल नेताहरुकाे नाम टुङ्गाे लगाएकाे छ । माओवादीबाट नेतृत्व गर्ने विषयमा अध्यक्ष दाहालले पार्टीको तर्फबाट सरकारमा मन्त्री काे लागि  जाजरकाेट जिल्ला बाट प्रतिनिधि सभामा बिजय भएका पृर्व गृहमन्त्री समेत रहेका शत्ति बहादुर बस्नेत लाई अगाडि सारेकाे छ । हाल सिङ्गाे प्रदेश न ६ देखि नेकपा माअाेवादि केन्द्र बाट सिफारिस भएका छन । त्यस्तै चर्चामा रहेका जनार्दन शर्मा याे भन्दा पहिला सेर बहादुर देउवा सरकारकाे पालामा मन्त्रीकाे अवसर पाएकाे भन्दै सरकारले हाल बस्नेतकाे नाम टुङ्गाे लगाएकाे छ । 

बस्नेत राजनितिक अभियानमा २०५९ सालमा पार्टी पोलिटब्यूरो सदस्य भएइ भेरी कर्णाली, थारुवान जस्ता स्वयत ईलाकाहरुको कुशलता पुर्बक ईन्चार्ज सिपको भूमिका निर्वाहगरेका थिए । वि स २०६१/०६२ को ढाडमा टेकेर टाउकोमा हान्ने माओवादी योजनामा जनमुक्ति सेना नेपालको पश्चिम डिभिजन कमिसार भएर गण्डक क्षेत्र लगाएतका स्वत ईलाकाहरुको अभियानमा सहभागी रणनैतिक प्रत्याक्रमणको प्रत्यक्ष नेतृत्व समालेका थिए । राजनितिक यात्रा क्रम्मा पाटिलाइ २०६४ सालको भेरी-कर्णाली र थारुवान राज्यबाट सबिधान सभाको निर्बाचन सबै जित सिट माओबादीको कब्जामा राख्न उल्लेखनिय भुमिक निर्बाहा गरेका थिए ।

माओबादी आन्दोलनको राप र तापलाई कन्ट्रोल, पार्टी निर्माण कार्यलाई प्रथमिकतामा राख्दै बर्दिया वा जाजरकोटबाट उम्मेदवार हुने निर्णयलाई त्याग र बलिदान समेत बस्नेतले गरेका छन । २०६८ सालमा संविधान सभाको सदस्य नभए पनि छोटै अबधी स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर जाजरकोट जिल्लाको पहिलो मन्त्रीका रुपमा आफूलाई स्थापित गर्दै देशै भरी “एकिकृत स्वाथ्य सेवाको“ अभियान सचालन गर्नु सचालमा ल्याएर महत्वपूण  भुमिका खेलेका थिए । साथै छोटो समयमा नेपाल सरकारको गृहमन्त्री पदमा रहेको बेला भारतले गरेको अघोषित नाकाबन्दीले देशको विषम् परिस्थितिमा गृहमन्त्री भएर देश र जनताको शान्ती सुरक्षालाई पुण रुपमा खरो रुपमा उतार्ने सफल भएका बस्नेत हालको गठन हुदै गरेको सरकारलाइ महत्वपूण मन्त्रालयको जिम्मेवारि दिनुपर्ने अहिलेको आवश्यक्ता रहेको जाजरकोट बासि हरुको गुनासो रहेको छ । हाल प्रदेश सभाम जाजरकोटले कुनै मन्त्रालय नपाउनुले सबै जाजरकोट बासि बस्नेतको अपेक्षाम रहेका छन ।

बस्नेत २०७४ सालमा प्रदेश ईन्चार्जको जिम्मेवारी समाल्नु भएका क्षेत्रको प्रतिनिधी सभा र प्रदेश सभाको निर्बाचनमा अध्याधिक सिट जिताउनु भएको छ कांग्रेस निल बनाउन सफल भएका छन ।

 


ताजा समाचार