Loading... आजः बिहिबार, फाल्गुन १३, २०७७
Trending

बर्दिया निकुञ्जको गाडीमा हात्तीको आक्रमण, सबैजना सकुशल

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित अम्रेनी गाउँमा पसेको हात्ती धपाउन गएका निकुञ्जका सुरक्षाकर्मी सवार गाडीमा हात्तीले आक्रमण गरेको छ।

सुरक्षाकर्मी चढेको भे १ झ २३७ नम्बरको निकुञ्जको गाडीमाथि जंगली हात्तीले आक्रमण गरेको हो। हेडलाइट वालेर तर्साएको हात्तीले फर्किएर रोकिराखेको गाडीमा आक्रमण गरेको हो।

हात्ती धपाएर फर्कने क्रममा गाडीको स्टार्ट बन्दभयो त्यसपछि अगाडी पुगेको हात्तीले फर्केर गाडीमाथि नै आक्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्री विनोद दहालले जानकारी दिए। उनले भने ठूलो सौभाग्यले हाम्रा सुरक्षाकर्मीको ज्यान जोगियो।

गाडीमा नेपाली सेनाका ३ जना, निकुञ्ज कर्मचारी, चालकगरी पाँचजना सवार थिए। उनले थपे हात्तीले दार्‍हा तथा सुडले आक्रमण गरी गाडीमा क्षति पुर्याएको छ।

शनिबार बिहान साढे चार बजेतिर गाउँमा हात्ती आएको स्थानीयले खवर गरेपछि अम्रेनी पोष्टबाट सुरक्षाकर्मीको टोली त्यसतर्फ प्रस्थान गरेको उनले बताए।


ताजा समाचार