Loading... आजः शनिबार, कार्तिक ८, २०७७

शुक्राणुलाई स्वस्थ राखिराख्न यी काम बन्द गर्नुहोस्

एजेन्सी  । संसारभरका कयैन देशहरुमा पुरुषहरुको शुक्रकिटको सङ्ख्यामा आइरहेको गिरावट चिन्ताको विषय बनेको छ । शुक्राणुको सङ्ख्यामा गिरावटको सिधा सम्बन्ध प्रजनन क्षमतासँग छ ।

तपाईको शुक्राणुको सङ्ख्याको सम्बन्ध तपाईले खाने खानासँग पनि हुन्छ । आखिर तपाईले जे खानु हुन्छ त्यसैले शरीरको सबै गतिविधिहरु निर्धारित हुने गर्छ ।

यदी खानामा बोसोको मात्रा ज्यादा छ भने त्यसले तपाईको शुक्राणुको सङ्ख्या निश्चित रुपमा कमी ल्याउछ । अध्ययन अनुसार जो ज्यादा बोसो खान्छन् उसको शुक्राणु सङ्ख्यामा ४३ प्रतिशत कमी हुन्छ । यसले शुक्राणुको बाक्लोपनमा पनि कम आउँछ । तर यसको विपरित जो आमेगा–३ फ्याट्टी एसिड प्रयाप्त मात्रामा खान्छन् उसको शुक्रणुको गुण निक्कै राम्रो हुने गर्छ ।

जसको शरीरमा ओमेगा–३ फ्याट्टी एसिडको मात्रा प्रयाप्त हुन्छ उसको शुक्राणु गुणस्तरीय पाइएको छ । यो एसिड माछा र वनस्पती तेलमा पाइन्छ ।

अमेरीकाको एक प्रजनन क्लिनिकले ९९ पुरुषमा अध्ययन गरेको थियो । यो अध्ययनमा जकं खाना धेरै खाने पुरुषहरुको शुक्राणुको गुणवत्ता निक्कै कमजोर पाइएको थियो ।

विश्व स्वास्थ संगठन अनुसार प्रति मिलीलिटर वीर्यमा शुक्राणुको सङ्ख्या १.५ देखि ३.९ करोड हुन्छ भने त्यसलाई सामान्य मानिन्छ ।

कयैन अध्ययन अनुसार शुक्राणुको सङ्ख्यामा भइरहेको यो गिरावट रोकिएन भने मानव एक दुर्लभ प्रजातिको सूचीमा समाबेश हुनेछ । अध्ययनहरुले उत्तर अमेरिका, यूरोप, अष्ट्रेलिया र न्यूजिल्याण्डका पुरुषहरुमा पछिल्लो ४० वर्ष भित्रै शुक्राणु सङ्ख्या आधा भएको देखाएको छ ।

जब एक पुरुषको वीर्यमा ५ करोडदेखि १५ करोडसम्म शुक्राणुको सङ्ख्या हुन्छ ऊसले एक महिलाको डिम्बमा निश्चितताका साथ गर्भ बसाउन सक्षम हुन्छ । तर यो सबै त्यति सरल भने छैन । केही अवस्थामा मात्र एक शुक्राणुले महिलाहरुको डिम्बसँग मिलन गर्नका लागि पर्याप्त हुन्छ ।

शुक्राणु सङ्ख्या कायम राख्नको लागि यी काम गर्न आवश्यक हुन्छ
– धेरै कसिलो अण्डयवेयर नलगाउनुस ।
– यौन संक्रमणबाट बच्नुस ।
– रक्सीको प्रयोग बन्द गर्नुस । रक्सी सेवनले तपाईको टेस्टोस्टेरोन हार्मोनको स्वास्थमा गिरावट आउछ । यो हार्मोनको सीधा सम्बन्ध यौन क्षमतासँग हुन्छ ।
– आफूलाई स्वस्थ राख्नुस ।
– कसरत गर्नुस तर धेरै ज्यादा होइन ।
– तपाई कति समय निदाउनुहुन्छ त्यसको सिधा सम्बन्ध तपाईको स्वास्थसँग हुन्छ । यदी हरेक दिन तपाई सात देखि आठ घण्टा सुत्नु हुन्न भने तपाईको प्रजनन् क्षमतामा असर पर्न थाल्छ । एक अध्ययनका अनुसार दिनमा ६ घण्टा भन्दा कम सुत्ने व्यक्तिको प्रजनन् क्षमता ३१५ कम हुन सक्छ ।
– तातो पानीमा नुहाउन कम गर्नुस । कयैन अध्ययनले यो कुरा अघि ल्याएका छन् कि शुक्राणु उत्पादनका लागि कम तापक्रम हुनु फाइदा जनक हुन्छ । तातो पानीबाट नुहाउदाँ तपाईको अण्डकोषको तापक्रम बढ्छ र यसबाट शुक्राणु सङ्ख्यामा सिधा असर पर्छ ।


ताजा समाचार