Loading... आजः मङ्लबार, अशोज ५, २०७८

नेपालले जिम्वावेलाइ हराउन सक्छ, यस्तो छ सम्भावना

फाईल फोटो

काठमाण्डौ । जिम्वावेमा हुन गहिरहेको विश्वकप छनोटको पहिलो खेलमा नेपालले घरेलु टोलि जिम्वावेको सामना गदैछ । खेल नेपाली मिति अनुसार फागुन २० गतेबाट हुदैछ । खेलको बिषयलाई लिएर एतिबेला क्रिकेट जगतमा निकै नै चर्चा भैरहेको छ । नेपालले यो प्रतियोगिता आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक खेल्न गैरहेको हो । जिम्वावे र वेस्टइन्डिज रेलिगेसनमा परे संगै यी दुई टोलि पनि छनोट खेल्न बाध्य बनेका छन् ।

नेपालको सवल पक्ष भनेको बलिंगनै हो अझ भनौ स्पिन बलिंग जिम्मेवावे ले केहि दिन आगाडी मात्र भएको अफगानिस्तान बिरुद्धको खेलमा लज्जास्पद हार बेहेर्नुको पछाडि पनि स्पिन बलिंग कै ठुलो हात रहेको छ । सन्दिप लामिछानेको स्पेल नेपालि जितको लागि कोसेढुंगा बन्नेमा कुनै दुईमत पनि छैन । सन्दीप नेपाली क्रिकेट इतिहासमै सफल बलर हुन भने एसोसियट राष्ट्र पनि उनको एकतर्फी राज छ ।सन्दिप का अलावा बसन्त रेग्मीको स्पेल पनि जिम्वेवावे का लागि घातक सावित हुनेछ । विकेटको खडेरी लागेको अवस्थामा दिमाखी खेल खेलेर विकेट निकाल्ने क्षमता राख्दछन बसन्त रेग्मी । आजको दिनमा जिम्वावे यसै पनि विश्व क्रिकेटमा कमजोर टिमको रुपमा चिनिदै आएको छ जसको मौकाको फाइदा नेपालले अवस्यनै उठाउने छ ।

समग्रमा भन्नुपर्दा निरन्तर स्पिन वालिंगको चपेटामा परेको जिम्वावे फेरी एकपटक समस्यामा फस्नेमा कुनै दुइमत छैन अथवा भनौ नेपालको जित जिम्मावे बिरुद्धको खेलमा भने निस्चय नै सम्भब छ । पहिलो खेल मा जित निकाल्न सकेको खण्डमा नेपाल को लागि खेलमा मोमेन्टम बन्ने छ जसको कारण बाकी खेलमा जितको लागी उर्जा मिल्नेछ उज्यालो नेटवर्कमा खबर छ 


ताजा समाचार