Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

खारा बजार ब्यबस्थापन समिति गठन

जाजरकोट,११ फागुन
जाजरकोट जिल्ला  छेडागाड नगरपालिका वडा न १ खारा बजारमा बजार ब्यबस्थापन समिति गठन गरिएको छ । वडा न १ का वडा अध्यक्ष गणेश प्रसाद जौसिको बिशेष उपस्थीतिमा नर बहादुर बस्नेतको अध्यक्षतामा ९ सदस्यिय कार्य समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा प्रेम बहादुर बस्नेत सचिव राम बहादुर बुढा कोषाध्यक्ष जालुका जौसी लगाएत ९ सदस्यिय समिति गठन गरिएको वडा अध्यक्ष जौसीले बताए । बजार ब्यबस्थापन समिति पहिले गठन भएको गत फागुन २६ गतेको बस दुर्घटनामा अध्यक्ष नन्द लाल जौसी को निधन भएको ले हाल सम्म सो समुह निस्कृय रहेको हुदा पुन गठन गरिएको हो । नयाँ गठित कार्य समितिले आगामी दिनमा बजार लाइ सफा बनाउन ब्यबस्थीत गर्ने निर्णय गरेको नर बहादुर बस्नेतले बताए । गत फागुनमा निधन भएका जौसीको नाममा अक्षय कोषको स्थापना गर्नकाे लागी सबै कार्य समिति सक्रिय भइ प्रतिब्यक्ती रु १ सयको दरले आउदो यहि फाल्गण २६ गते उद्घाटन गरिने समेत बताए । साथै हिजाे नै खारा बजार टाेल सुधार समिति गठन गरिएकाे छ । जय रुपा बस्नेतकाे अध्यक्षतामा १३ सदस्य समिति गठन गरिएकाे हाे । उपाध्यक्ष कलि बस्नेत सचिव हरिकला अधिकारि काेषाध्यक्ष जाैरुपा जाैसी र अन्य सदस्यहरु सर्बसहमतिले चयन भएका थिए ।


ताजा समाचार