Loading... आजः बुधबार, कार्तिक १२, २०७७

क्याम्पसको समस्या समाधान गरिने : सहायक प्रमुख राना

जाजरकोट, ११ फागुन । जाजरकोटको भेरी ज्ञानोदय क्यापसका सहायक क्याम्पस प्रमुख लेख बहादुर रानाले क्यापसका सम्पूर्ण समस्यालाई अन्त्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

बिहिबार भेरी ज्ञानोद्य क्यापस जाजरकोटले नव नियुक्त सहायक प्रमुख रानालाई राखेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै रानाले यस्तो बताएका हुन । क्याम्पसमा आर्थिक सामाजिक जस्ता हरेक स्थानमा समस्या रहेकोले आगामी आफ्नो कार्यकालमा उक्त कामलाई पहिलो प्राथमिकतामा राखि अगाडि बढ्ने उनले बताए । जाजरकोटमा क्यापसका विद्यार्थीहरुले नियमित कक्षाकोठाम उपस्थिति हुँदा मात्र शिक्षामा गुणस्तरता नहुने भएकोले आम विद्यार्थीहरुलाई आफु पनि जिम्मेवार हुन आग्रह गरेका छन् ।

त्यस्तै क्याम्पस प्रमुख चन्द्र बहादुर बुढाले बिद्यार्थी फारम भर्न नआउने र बिद्यार्थीहरुको अभिभावकलाई फोन गरी फारम भर्न लाउनु पर्ने बाध्यता रहेको बुढाले बताए । भएका बिद्यार्थीहरु पनि बिद्यालय उपस्थिति नभएको हाल बिबिएस, विएड २ जनामात्र उत्तिर्ण भएको समेत जानकारी दिए ।

शिक्षकलाई भन्नु भन्दा बिद्यार्थी उपस्थिति न्यून रहनने गरेको प्रमुख बुढा मगरले जानकारी दिए ।

 

त्यस्तै शिव ब्यवसायिक विद्यालयका प्र.अ. तिलक खत्रीले बिद्यार्थी जाँगरिलो हुनेमा जाजरकोटका क्याम्पसका बिद्यार्थीहरुको उपस्थीति कम भएकोले शिक्षा दैनिक खस्किएको बताएका छन् । जाजरकोटमा चिट चोरेर मात्र पास भएका भनि बाहिरी हल्लालाई चिरफार गर्न सुझाव दिएका थिए । कार्यक्रममा क्यामपस स्ववीयुका अध्यक्ष प्रदिप खडका बिद्यार्थि दृर्गा भण्डारी लगाएतले आ–आफना भनाइ राखेका थिए ।


ताजा समाचार