Loading... आजः सोमवार, मंसिर ८, २०७७
Trending

मन्त्रालय भागवण्डाः एमालेलाई १०, माओवादीलाई ७ (सूचीसहित)


काठमाडौं । एमाले र माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विहानको बैठकमा मन्त्रालय बाँडफाँटको टुंगो लगाउनु भएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली र दाहालबीच १८ मन्त्रालय कायम गरी एमालेले ११ र माओवादीले ७ मन्त्रालय लिने सहमति भएको छ ।

यस्तो छ मन्त्रालय भागबण्डा
एमाले
१ अर्थ तथा योजना मन्त्रालय
२ रक्षा मन्त्रालय
३ भौतिक पुर्वाधार यातायात मन्त्रालय
४ सूचना संचार तथा विज्ञान प्रविधि मन्त्रालय
५ शिक्षा खेलकुद तथा संस्कृति मन्त्रालय
६ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
७ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
८ कानुन तथा न्याय संसदीय मामिला मन्त्रालय
९ परराष्ट्र मन्त्रालय
१० पर्यटन मन्त्रालय

माओवादी
१ गृह मन्त्रालय
२ उर्जा जलविद्युत तथा नविकरणीय मन्त्रालय
३ शहरी विकास,आवास खानेपानी तथा सरसफाइ मन्त्रालय
४ वन वातावरण जलवायु परिवर्तन मन्त्रालय
५ श्रम रोजगार तथा महिला बालवालिका जेष्ठ नागरिक मन्त्रालय
६ कृषि, सिचाई खाद्य सुरक्षा सहकारी तथा भुमिसुधार,
७ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय


ताजा समाचार