राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने
काठमाडौं । राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ । निर्वाचन आयोगले विहीबार मिति तोकेको हो ।
आयोगले निर्वाचन तालिका सार्वजनिक गरेको छ । निर्वाचनको लागि फागुन २१ मा मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
राष्ट्रपति चयनको लागि फागुन २३ गते उम्मेदवारको मनोनयन दर्ता र २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने समय तोकिएको छ ।
आयोगका अनुसार फागुन २९ गते मंगलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदान सकिए लगत्तै मतगणना गरिनेछ ।
यदि कुनै उम्मेदवारले निर्वाचक मण्डलको कुल सदस्यको बहुमत प्राप्त नगरे फेरि मतदान गराइने आयोगले जनाएको छ ।