Loading... आजः शुक्रबार, अशोज १, २०७८

युवा समिति जाजरकोट द्वारा २ समुह सिफारीस

 जाजरकाेटः१० फागुन
जाजरकोटमा बुधवार नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्टिय युवा परिषद नेपालमा सञ्चालित जिल्ला युवा समिति जाजरकोटका अध्यक्ष नारायण घर्तीको अध्यक्षतामा बसेको बैठकले एक वडा १० युवा दश युवा एक उद्यम कार्यक्रम अन्तर्गत दुइ वटा समुह छनोट गरेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटमा बुधवार सम्पन्न भएको भेलाले उक्त उद्यम सिफारिस गरेको हो । सिफारिस हुनेमा जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिका वडा २ मजकोटको भैरव कालिका युवा फलफुल कृषक समुह जुनिचाँदे वडा न ११ कोताङ्गको सिस्नो पाउडर उत्पादन युवा उद्यम समुह सिफारीस गरिएको हो । स्थानिय स्तरमा रहेको स्रोत साधन लाइ सदुपयोग गर्ने । बेरोजगारी लाई रोजगारि दिने । साथै हरेक बर्ष जिल्ला युवा समिति जाजरकोटले युवा उद्यमको लागि प्रस्तावना आब्हान गर्ने गरेको जिल्ला युवा समिति जाजरकोटका अध्यक्ष नारायण घर्तीले जानकारि दिए । साथै यो बर्षमा आब्हान गरिएको प्रस्तावनामा ५ ओटा ब्यबसायको दरखास्त परेको र ३ वटा समुहको दर्ता प्रक्रिया नपुगेकोले समाबेस हुन नसकेको अध्यक्ष घर्तीले जानकारि दिए । भेलामा प्रमुख जिल्ला अधिकारि पुस्पराज शाही जिल्ला समन्वय अधिकारी कमलराज भण्डारी स.प्रमुख जिल्ला अधिकारि जनकराज शर्मा महिला तथा बालबालिका कार्यालय जाजरकोटकी प्रमुख सकुन्तला आचार्य घरेलु तथा साना उद्योग बिकास समिति जाजरकोटका नि.उद्योग अधिकृत बिष्णु प्रसाद रेग्मी जिल्ला सहकारि संघका सत्रुधन कुमार भडेल उद्योग बाणिज्य संग जाजरकोटका अध्यक्ष कर्ण बहादुर खत्रि जिल्ला शिक्षा कार्यालय जाजरकोटका स्रोत ब्यक्ति राजु बिक्रम शाह जिल्ला शिक्ष अधिकारि ललित बिक्रम सिंह युवा संग नेपालका सचिव जय बहादुर बस्नेत लगाएतको उपस्थीति रहेको थियो ।


ताजा समाचार