Loading... आजः बुधबार, कार्तिक ५, २०७७

जाजरकोट र सल्यान बिच अाज फाइनल हुदै

सल्यान । सल्यानमा जारी रूकुम, जाजरकोट र सल्यान सम्मिलित त्रिपक्षीय क्रिकेटको फाइनलमा अाज जाजरकोट र अायाेजक सल्यान भिड्ने भएका छन् ।

बुधबार भएकाे अाफ्नाे अन्तिम खेलमा सल्यानले जाजरकोट लाई पराजित गरेपछि सल्यान र जाजरकोटकाे फाइनल खेल पक्का भएकाे हाे ।

रूकुम, जाजरकोट र सल्यान सबैले समान १-१ खेल जितेपनि नेट रनरेटका अाधारमा जाजरकोट र सल्यान फाइनलमा पुगेका हुन् । रूकुमले सल्यानलाई, जाजरकोटले रूकुमलाई र सल्यानले जाजरकोटलाई अाफ्नाे खेलमा परािजत गरेका थिए ।

फाइनल खेल अहिले ८ बजेबाट शुरूहुने बताइएको छ ।


ताजा समाचार