त्रिपक्षीय क्रिकेटमा जाजरकोटद्धारा रुकुम २ विकेटले पराजित
जाजरकोट । सल्यानमा जारी त्रिपक्षीय क्रिकेट प्रतियोगीता अन्र्तरगत आज भएको खेलमा जाजरकोटले रुकुमलाई २ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको रुकुमले १८ ओभरमा पुरै विकेट गुमाएर १ सय ५ रन बनायो । जसका लागी युवराज खत्रीले ४६ रन बनाए ।
बिकेट लिने क्रममा जाजरकोटका वलर सन्दिप शाहि र युनिस बिक्रम सिंहले समान ३/३ विकेट लिए भने प्रणाम भंडेलले २ विकेट हात पारे ।
१ सय ६ रनको लक्ष्य पाएर मैदान उत्रिएको जाजरकोटले १५.५ बलमा ८ विकेट गुमाएर पुरा गर्यो । जसका लागी सन्दिप शाहिले ४९ रन र प्रणाम भंडेलले ११ रन बनाए ।
उक्त खेलको प्लेयर अफ द म्याच जाजरकोटका सन्दिप शाहि घोषीत भए ।
जाजरकोटले आफ्नो दोस्रो खेल बुधबार आयोजक सल्यानसंग खेल्नेछ ।