Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

राष्ट्रियसभा सदस्यमा तिन जनाकाे नाम सिफारिश

 

 

 

 

 

 

 

 

 

काठमाडौँ, ८ फागुन

सरकारले राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थशास्त्री डा. युवराज खतिवडा, कानूनविद् रामनारायण बिंडारी र अर्थविद् विमला पौडेल राईको नाम राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले जानकारी दिइन् ।

उनन्साठी सदस्यीय राष्ट्रियसभामा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट तीन जना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ जनाका दरले ५६ जना सदस्य यसअघि नै निर्वाचित भइसकेका छन् ।


ताजा समाचार