Loading... आजः शुक्रबार, अशोज १, २०७८

नलगाडका प्रत्येक विद्यालयमा प्राथमिक उपचार वाकस

जाजरकोट ,७ फागुन

विद्यालयमा हुँने विभिन्न खालका स्वास्थ्य समस्यलाई समाधान गर्न प्रत्येक विद्यालयमा प्राथमिक उपचार वाकसको स्थापना गरिने भएको छ । जिल्लाको नलगाड नगरपालिका भित्र रहेका सवै विद्यालयमा तालिम प्राप्त शिक्षकको व्यवस्था सहित प्राथमिक वाकसको व्यवस्था गर्न लागेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकवहादुर रावलले वताउनुभयो । एक महिना भित्र प्राथमिक उपचार वाकसका लागि शिक्षकलाई स्वास्थ्य सम्वन्धी तालिम दिन लागिएको हो । नगरपालिका भित्र रहेका ७३ वटा सामुदायिक विद्यालयका प्रति विद्यालय एक जना शिक्षक पर्ने गरि तालिम दिन लागिएको उहाँले वताउनुभयो । विद्यालयमा पटक ,पटक आकस्मिक रुपमा विभिन्न खालका स्वास्थ्य समस्य देखा पर्न थालेपछि यस्तो अभियानमा लागिएको रावलले वताउनुभयो ।
विद्यालयमा आवश्यक औषधी , प्राथमिक उपचारका लागि तालिम प्राप्त शिक्षकको व्यवस्था गरेमा केही स्वास्थ्य सम्वन्धी समस्य हल हुँने नगरपालिकाले अपेक्षा लिएको रावलको भनाई छ । आईतवार नगरपालिकाको कार्यालयमा सवै विद्यालयका प्रधानाध्यापकको उपस्थिमा यस्तो निर्माण गरिएको छ । पटक ,पटक विद्यालयमा विभिन्न खालका रोगकहरु देखा परि समस्य उत्पन्न भएको शिक्षकहरुको गुनासो आएपछि नगरपालिकाले यस्तो कदम चालेको हो । यहाँका अधिकांश विद्यालयहरु स्वास्थ्य संस्था भन्दा घण्टौ टाढा भएपछि विद्यालयमा स्वास्थ्य सम्वन्धी केही समस्य हल होस भनि यो कार्य थालिएको जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति योगेन्द्र आर सीले जानकारी दिनुभयो ।
प्रत्येक महिना नगरपालिका भित्रका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्नका लागि पहल गर्न लागिएको उपप्रमूख वालकुमारी वस्नेतले जानकारी दिनुभयो । वालवालिका स्वास्थ्य भएमा मात्र शिक्षा आर्जन गर्न सकिने उहाँको भनाई छ । त्यस्तै नगरपालिका भित्रका विद्यार्थीहरुका लागि प्रतिभा छनोट कार्यक्रम समेत गर्न लागिएको छ । शैक्षिक अवस्था सुधारका लागि नगरपालिकाले कुनै कसुर वाँकी नराख्ने वस्नेतले वताउनुभयो ।


ताजा समाचार