Loading... आजः बिहिबार, मंसिर १८, २०७७
Trending

त्रिपक्षिय मैत्रिपुर्ण टी–२० क्रिकेटमा रुकुमको विजयी सुरुवात


सल्यान । सल्यानमा आजबाट सुरु भएको त्रिपक्षिय मैत्रिपुर्ण टी–२० क्रिकेट प्रतियोगीतामा रुकुमले बिजयी सुरुवात गरेको छ । सल्यान क्रिकेट संघले आयोजना गरेको सल्यान, रुकुम र जाजरकोट विचको मैत्रिपुर्ण खेल अन्तरगत आज भएको पहिलो खेलमा रुकुमले आयोजक सल्यानलाई हराएको हो ।

सदरमुकाम खलंगामा भएको खेलमा रुकुमले सल्यानलाई १९ रनले पराजित गर्यो । रुकुमले दिएको १ सय ५३ रनको विजय लक्ष पछ्याएको सल्यान १९ दशमलव ५ बल खेल्दा १ सय ३३ रनमा अलआउँट भयो । सल्यानलाई अलआउँट गर्न रुकुमका उपकप्तान कुलप्रसाद ओलीले आफ्नो टीमका लागि सर्वाधिक ३ विकेट लिए ।

उनले ४ ओभर बलिङ गरेर १९ रन दिदैं ३ विकेट लिएका हुन् । ब्याटिङमा सल्यानका हेमराज ओलीले आफ्नो टीमका लागि २३ बलमा सर्वाधिक ३८ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुकुमले पुरै २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १ सय ५२ रन बनाएको थियो ।

रुकुमका लागि बिजय बिष्टले सर्वाधिक ४८ रनको योगदान गरे । उनले ४६ बल खेल्दै उक्त रन बनाएका हुन् । त्यस्तै रुकुमका कप्तान बिबश गिरीले मात्र २२ बलमा अविजित ४६ रन बनाए । सल्यानका लागि चन्द्रप्रकाश ओलीले ३ विकेट हात पारे ।

२२ बलमा ४६ रन बनाउँनुका साथै टीमका लागि १ विकेट लिएका बिबश गिरी म्यान अफ द म्याच बने ।

रुकुमले आफ्नो दोस्रो खेलमा भोली जाजरकोटको सामना गर्ने छ  ।

सिस्ने अन्लाईन


ताजा समाचार