Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

भेरी नगरपालिकाकाे दोश्रो नगर सभाबाट ४ वटा बिधेयक पारित

जाजरकोट, ७ फागुन ।
जाजरकोटको भेरी नगरपालिकाले दोश्रो नगर सभावाट ४ वटा बिधेयक पास गरेको छ । स्थानिय सरकार सञ्चालनको लागि आवश्यक पर्नेे भेरि नगरपालिकाको स्वास्थ तथा सरसफाइ ऐन (२०७४) शिक्षा ऐन र कृषि व्यवसाय प्रबर्द्धन ऐन (२०७४) सहकारी ऐन (२०७४) बिशेष नगर सभा बाट पारित भएको छ । हिउदे तथा दोश्रो नगर सभामा चालु आर्थिक बर्षमा नगरपालिकाद्धारा निर्माण गरिनु पर्ने जम्मा २ सय ३६ वटा आयोजनाहरुमा दोश्रो चौमासिकसम्म १ सय ५० वटा आयोजनाको सम्झौता भई सकेको नगर प्रमुख चन्द्र प्रकाश घर्तीले बताए । उनले ८६ वटा आयोजनाको सम्झौता हुन बाँकी रहेको र ३० वटा आयोजनाको कार्य सम्पन्न भईसकेको जानकारी दिए ।


त्यसैगरी शिक्षा, स्वास्थ्य, सहकारी, कृषि विकास, पशुपंक्षी विकास तर्फ नगरपालिकाले गरेको कार्यप्रगतीलाई सामाजिक विकासको कार्यप्रगतीका रुपमा नगर प्रमुख घर्तीले सार्वजनिक गरेका थिए । ४२ करोड ४३ लाख ४० हजार बार्षिक बजेट रहेको भेरी नगरपालिकाले दोश्रो चौमासिकसम्म २७ करोड ६९ लाख २८ हजार १ सय ८५ रुपैया ३४ पैसा निकासा लिई १५ करोड २९ लाख ९१ हजार ८ सय ७२ रुपैया ४ पैसा भुक्तानी दिई सकेको वित्तिय प्रगतीलाई नगर प्रमुख घर्तीले सार्वजनिक गरेका थिए । त्यसैगरी २७ करोड १३ लाख ४८ हजार १ सय २७ रुपैया ९६ पैसा नगरपालिकाले यसैबर्षमा खर्च गर्न बाँकी रहेको नगर प्रमुख घर्तीले जानकारी दिए ।

शनिवार उद्घाटन भएको नगर सभाको बन्दसत्र शनिवार देखि आईतवार साँझ सम्म सञ्चालन भएको नगर सचिवालयले जनाएको छ । उक्त नगर सभाले शिक्षा, स्वास्थ्य, कृषि र सहकारी गरि जम्मा ४ वटा विधेयक पास गरेको छ । मुख्य राजमार्ग, सहायक राजमार्ग, आवासिय मार्गका रुपमा मोटरबाटोको बर्गिकरण गर्ने वताईएको छ । नगर सभाले कर, शुल्क, तथा दस्तुर संशोधन गर्नुको साथै सुशासन प्रवद्र्धन गर्न संस्थागत विकास र सुशासन गतिविधी संचालन गर्न नगर विकास गर्न नीति पास गरिने बताईएको छ । बत्ति बाल्नुका साथै रिभन काटेर उक्त नगरसभाको उद्घाटन जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुख मनबहादुर रावलले गरेका थिए ।


ताजा समाचार