Loading... आजः शनिबार, अशोज २, २०७८

गाउँपालिकाका अध्यक्ष बस्नेतले मनोमानि गरेकाे भन्दै वडा अध्यक्षहरु आन्दोलित

जाजरकोट, ६ फागुन ।
जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरि चन्द्र बस्नेतले मनोमानि ढंग बाट आफनो अधिकार बाट बन्चीत गराएको भन्दै वडा अध्यक्षहरु अान्दाेलीत भएका छन ।

गाउँपालिका मार्फत हुने बिकास निर्माणका काम हरुमा वडाका जनप्रतिनिधिहरुलाइ जानकारि नगराइ आफु अनुकुल ब्यक्तिलाइ भुक्तानि दिएको भन्दै वडा न १ र ४ का वडा अध्यक्ष आन्दोलत भएका  हुन । आइतवार सदरमुकाम खलंगाम पत्रकार समेलन गरि उक्त गाउपालिका वडा न १ र ४ का जनप्रतिनिहरुले प्रेस बिज्ञेप्ती सहित आन्दोलनमा उत्रेका छन । वडाका शयुक्त हस्ताषरका निकालिएको बिज्ञेप्तीमा लेखिएको छ । राज्य पून संरचना अनुसार स्थानिय निकाय मध्य कुशे गाउँपालिका पनि एउटा स्थानिय तहहो उक्त स्थानिय तहमा नेत्रित्व लगाएत सम्पूर्ण कर्मचारीको राम्रो काम प्रती हामी आभार छौ । हार्दिक धन्यबाद दिन चाहान्छै ।

यसमा हाम्रा रचनातमक सल्लाहा सुजाबहरु पनि दिन पछि नपर्ने कुराको प्रतिबद्धता ब्यक्त गर्न चाहान्छै । यति हुदा हुदे पनि यस कुशे गाउँपालिकाको नेत्रित्व तहवाट धेरै कमि कमजोरिहरु भइरहेको हुनाले सम्पूर्ण कुशे बासिको गहिरो ध्यानार्कषण भएको छ । हामिलाइ जनप्रतिनिधिको भुमिका बाट बञ्चीत गराएको र गाउँकार्यपालिकाको निर्णय कार्यान्वयन नगरेको समेत बिज्ञेप्तीमा उल्लेख गरिएको छ ।

साथै उक्त गाउपालिका वडा न ४ मा रहेको बैदारको घरदेखि भिरमति सम्म ढल निकासको आयोजनामा वडाका कुनै पनि जनप्रतिनिधि लाइ जानकारि नदिइ आफु खुसि नेपालि काग्रेसका उपभोक्ता समिति बनाएको वडा न ४ कि महिला सदस्य दुर्गा जौसिले बताइन । जौसिका अनुसार गाउँपालिकाका कार्यालय सहयोगि दिपक हमालले गाउमा बिकास ल्याउ हजुरको हस्ताक्षर आवश्यक परेको ले हस्ताक्षर गर्न आग्रह गरि चोरि हस्ताक्षर बाट हाल भुक्तानि समेत लिएको जौसिले बताइन हमाल अध्यक्षेको सिफारसि बाट हाल कार्यालय सहयोगिको रुपमा काम गर्दै आउका समेत बताइन ।

साथै जनप्रतिनिधिहरु ले ७ बुद्धे माग सहित ज्ञापन पत्र समेत पेस गरेका छन । गाउँपालिका मार्फत सञ्चालनमा रहेका बिकास निर्माणका काम हरुमा वडाम आम भेला नगराइ एकलैटि उपभोक्ता समिति बनाएको जनताको उजुरु सुनुवाइ नभएको समेत गुनासो गरेका छन । साथै वडा नं. ४को वडा कार्यालय आफु सो घरमा नजाने आफनो कार्यालय अर्को घरम सार्न समेत गाउँपालिकाका अध्यक्ष बस्नेतले पत्रकाटेका छन । आफु खुसि र आफनो पाटिको घरमा कार्यालय राखनको लागि सो हर्कत गरेको समेत जनप्रतिनिधिहरुले गुनासो गरेका छन ।

उता गाउँपालिकाका अध्यक्ष हरि चन्द्र बस्नेतले वडा अध्यको सिफारिस बिन कुनै पनि समझौता बिपरित काम अगाडि नबढाइएको बतायका छन । मास्टरलाइ उपभोक्ता समिति नया नभएको सो ब्यक्ती पुराने रहेको समेत बस्नेतले बताए । वडाका जनप्रतिनिधिहरु सभाम बसेर ठीक छ भनि तालि पिट्ने र बाहिरी मान्छेको भनाइमा लागेर उचालिएको समेत गरेको बस्नेतले बताए ।

वडा अध्यक्षनै सम्बिधानको मर्म बिपरित काम गरेको आरोप लगाएका छन आफनो गाउँपालिकाको कार्यालयमा उपस्थीत भइ आफनो मात्र कुरा गर्ने अजाएज शब्द प्रयोग गरेको बस्नेतले बताए । बिद्यालय को बिकास निर्माणको काम उपभोक्ता समिति नभए ब्यबस्थापन समितिले काम गर्न पाउने भनि कार्यपालिका मार्फत पास गरेको र उक्त बिषयमा बजारको ब्यक्ती हरुको भनाइमा लागेर कुरा काटने बाटो गरेको बस्नेतले बताए । आइतबार गाउँपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझि दर्ता लागि तोक लगाएको न्याय समिति संयोजक उपाध्यक्ष गाउ भएकोले तत्काल गाउँ बिशेष सभा बोलाइ छलफल गरिने अध्यक्ष बस्नेतले जानकारि दिए ।


ताजा समाचार