Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

जाजरकोटी प्रदर्शनीको राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्व

संसारसेन पृथक 

लेखक

सुन साटेर नुन खोजिरहेका जाजरकोटि जनताको ऐतिहासिक पहिचान प्रचुर समस्या र संभावना बन्द ढोका खोल्नका लागि गरिएको प्रथम राष्ट्रिय प्रदशनी मोहत्सव सिमित जाजरकोटि जनतामा सिमितताको लागि नभएर यसको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय महत्व ऐतिहासिकता कायम गर्ने निश्चित छ । जसको सहयोगको लागि राजनीति दल नागरिक समाज पेशागत कर्मचारी जनप्रतिनिधि बौद्धिक ब्याक्तित्व पत्रकार कलाकार र मिडियाकर्मी साथीहरूको अनिवार्य जिम्मेवारी छ । जसलाइ गम्भीरता पुर्बक सोच्न बुझ्न जरुरी छ । यो बिषय प्रती गैरजिम्मेवारी ढंगले बुझ्नु भनेको अराजनीतिक गैर जिम्मेवारी नागरिकको हैसियत ठहरिन्छ ।

जाजरकोटको ऐतिहासिक पृष्ठभुमि

उत्तरमा जुम्ला पुर्बमा रुकुम र डोल्पा दक्षिणमा सल्यान र सुर्खेत पश्चिममा दैलेख र कालिकोट गरि सातवटा जिल्लाको बीचमा अवस्थित जाजरकोट जिल्ला रहिआएको छ । आधुनिक नेपाल निर्माणकार्य देखि गणतन्त्रको स्थापनाकालसम्म आइपुग्दा जाजरकोट र जाजरकोटी जनताको उल्लेखनीय भुमिका रहेको छ । राजा पृथ्वीनारायण शाह र राष्ट्र निर्माणको जिम्मेवारी बोकेका बहादुर शाहसंग जाजरकोटी राजाका सन्ततिको अमुक सम्बन्ध राणा प्रधानमन्त्री श्री ३ चन्द्र सम्सेरसम्म आइपुग्दा जाजरकोटको पारिवारिक सम्बन्ध र दिगो बिकासका लागी लिखित सम्झौता र सहमति भएको तथ्यहरु धेरै छ्न ।

जसको परिणाम स्वरुप १९८० को बुदबुदी खानेपानी र नेपालकै दोस्रो पुरानो १९८४ सालमा निर्मित झुलुङ्गेपुल जाजरकोटी राजाकी छोरी तथा चन्द्रसम्सेरकी कान्छी महारानी बालकुमारी राणा शाहको पहलमा बनेको ऐतिहासिक तथ्यांकबाट पुष्टि गरेको पाइन्छ । जसलाई दिगो बिकासको रूपमा लिन सकिन्छ । पञ्चायत हुँदै गणतन्त्र स्थापनाकालसम्म आइपुग्दा जाजरकोटले राज्यको मुटुमा चलखेल गर्नसक्ने नेतृत्व निर्माण गरेको छ । दुर्भाग्यवश जाजरकोटमा गास,बाँस,कपास , शिक्षा ,स्वास्थ र रोजगारको पन्चायत देखी बहुदलीय ब्यबस्थासम्म र वर्तमान गणतन्त्र स्थापना कालसम्म आइपुग्दा जाजरकोट दुई निर्वाचन क्षेत्र रहेको थियोे । बर्तमान संविधान कार्यान्वयन प्रक्रियामा भने त्यसैलाई एक प्रतिनिधि सभा दुई प्रदेश सभामा बिभाजन गरेको छ ।

गाबिसहरुलाइ केन्द्रीकृत गरेर नगरपालिका र गाउपालिकामा घोषणा गरेपछि पनि बिकास र समृद्धिको दृष्टिबाट केन्द्र र जाजरकोटी छोटेराजा र अहिलेसम्मका राजनीति नेताकार्यकर्ता नजीक रहेपनि जाजरकोट र जाजरकोटी जनता र समस्या सम्भावना राज्यको नजरभन्दा हजारौं कोषबाट दुर दराजमा थन्किएको तितो इतिहास छ । जसको कारण बिकास ,शिक्षा , स्वास्थ रोजगार गास, बासको समस्याले प्रताडित जनसमुदायले अकालमा मृत्यु र गरीबी अशिक्षा भोकमारी खेप्नुपरेको छ । यथार्थ वास्तबिकता र सत्यता जाजरकोटको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियकरण गराउनको लागी गरिएको यो जाजरकोटको ऐतिहासिक प्रर्दशनी मोहत्सव प्रती जसले गैरजिम्मेवारी ढंगले सोच्छ खासगरी त्यो जाजरकोटको दिगो बिकास र परिवर्तनको बाधक ठहरिन्छ । ऐतिहासिक तथ्यांकहरुलाइ जबसम्म सकारात्मक हिसाबले बुझ्न जरुरी हुन्छ ।

जाजरकोटको भौगोलिक अवस्था

पुर्व र दक्षिणमा भेरी पश्चिममा दैलेख कालिकोट उत्तर र उत्तर पुर्बमा जुम्ला र डोल्पाको बीचमा २२२३।३६ वर्गकिलो मिटर क्षेत्रफल ओगटेको जाजरकोटको भूगोल समुन्द्री सतहबाट ६१० मिटर देखि झण्डै ५६३० मिटर उचाइसम्म भौगोलिक बनावट छ । पश्चिममा कचाली उत्तरमा कुसेमुसे चाखुरे धजाहाल्ल रमाका हिमाल रिखेपाटन जिल्लाका प्रमुख उचाइमा रहेका छन । जसको ब्यवस्थापन भनेर राज्यकोषबाट करोडौं रकम छुट्ट्याए पनि हालसम्म त्यसको जनताम कुनैपनि पारदर्शीता देखिएको छैन ।

साबिकको बारेकोट गाउपालिका अन्तरगत पर्ने रामिडाडा समथर भुमिको एउटा प्रतीक लिन सकिन्छ त्यस्तै ढोटाचौर राकाचौर चौथारी तम्तुलगाएतका भूगोल हिमाली तथा पहाडी उपत्यकाको रूपमा लिन सकिन्छ । थलह, दल्ली ,रिम्न,ढिमे, कुदुकुस्तरा पाचकाटिया साल्म पैक जग्तिपुर टालेगाउका भूगोल सामरिक महत्वका बस्तिहरु हुन भने जिल्ला सदरमुकाम सुरक्षा सामरिक सामाथ्र्यको भूगोलको हिसाबले महत्वपूर्ण मानिन्छ ।

आधुनिक नेपाल निर्माणमा जाजरकोटको भुमिका

पौराणिक इतिहासका तथ्यहरु मलाई जति उपलब्ध हुनुपर्ने हो त्यति नभए पनि आधुनिक नेपाल निर्माणसम्म आइपुग्दा जाजरकोटको योगदानको बारेमा छोटो इतिहास झल्कनु कर्तव्य ठानेको छु । आधुनिक नेपाल एकीकरण अभियान थालेका पृथ्वीनारायण शाह र जाजरकोटका राजा हरि शाह बीचमा केन्द्र राज्य र जाजरकोटी राजाबिचमा आपसी भाइचाराको सम्बन्ध रहने र नेपाल एकीकरणमा जाजरकोट राजाले सहयोग गर्ने सहमति अनुसार काजी जीव शाहिको पल्टनलाई साथदिन नायव शिरन शाहको नेतृत्वमा ५३८ जनाको पल्टन ढालतरबार सहित २२९२४ ए राज्य एकीकरण गर्न कुमाउ र गडवाल सम्मको भूगोलमा पुगेर आधुनिक नेपाल निर्माणकार्यमा उल्लेख्य भुमिका खेलेको ऐतिहासिक सिलालेखमा ताजै छ । जसको इतिहासमा उल्लेख गर्न जरुरी छ ।

गणतन्त्र प्राप्तिकोलागी जाजरकोटि जनताको भुमिका

आधुनिक नेपाल निर्माण कार्यमा जति जाजरकोटको भुमिका रहेकोे थियो । बलिदान त्याग समर्पणको हिसाबले जाजरकोट र जाजरकोटी जनसमुदायको चौगुनातक भुमिका रहेको छ । पुरानो सामन्ती राज्य ब्यबस्थाको अन्त्य र जनबादी राज्यसत्ताको स्थापनाको लागी दस बर्षको जनयुद्ध र १९ दिने जनआन्दोलनमा जाजरकोटको भुमिका अग्रभागमा छ राजनीति चेतनाको बिकास र समाजमा रहेको अन्धबिसवास जातीय भेदभाव विरुद्ध जाजरकोट अग्रणी भागमा छ ।

एउटा गाउबाट मात्रै चालीस जनाजतिको बलिदान एउटा घरबाट दसौजनाको बलिदान आदिले बर्तमान गणतन्त्र स्थापना हुनमा महत्वपुर्ण भुमिका खेलेको छ । आधुनिक नेपाल निर्माणका समयमा कुमाउको चुचुरोमा पुगेर जाजरकोटि जनताको जसरी बलिदान भएको इतिहासमा तथ्य छ । गणतन्त्र प्राप्तिका लागि पुर्बको मेचीदेखि महाकाली सम्मपुगेर बलिदान गरेको तातो इतिहास छ । जसलाई इतिहासकै महत्वपुर्ण पाटो मानिन्छ ।

जाजरकोट बिकासका आधार स्तम्भहरु

इतिहासमा कहाली र डरलाग्दो सडक दुर्घटना स्वयमफुलु मौसमी भाइरलले मिडियामा राष्ट्रिय अन्तर्रा्ष्ट्रिय चर्चाको बिषय मात्रै बनेन जाजरकोट राजनीति दल पेशागत यातायात स्वास्थ संस्था जनप्रतिनिधि र सिङ्गो जिल्लाको जिम्मा लिने पक्ष नै लज्जास्पद भयो । जसको असर बौद्धिक ब्याक्तीव सञ्चार बिध्यार्थी शिक्षक कर्मचारी जगतमा पर्न गएको छ । यसको मुल कारण राज्य र जाजरकोट बिचको कडी जोडने राजनीति पार्टी र जनप्रतिनिधिको होइन भन्न सकिदैन सडक बिकास बिस्तार यातायात सुबिधा र स्वास्थ्य क्षेत्रमा देखिएको गैर जिम्मेवारीपन हो ।

राज्यको केन्द्रिय श्रोतलाई मध्यनजर नगरी देखावटी सस्तो लोकप्रियता जाजरकोटको मुख्य समस्या बन्यो तमाम लघु जलविद्युतको संभावना बोकेको जाजरकोटमा सडक दुर्घटना हुदा मोबाइलको सहारामा घाइते बिरामीहरुको उपचार गर्नुले जाजरकोटको अर्को लज्जास्पद परिणाम थियोे । जसको विकल्प र बिकासको लागी यो जाजरकोट प्रदर्शनीले उल्लेखनीय भुमिका खेल्ने छ ।

पर्यटकीय सम्भावना र यसको महत्व

जाजरकोट बिकासले जति पिछडिएको छ । त्यतिकै पर्यटकीय संभावना गुम्राहमा परेको तितो यथार्थ हो । जाजरकोट बुदबुदी खानेपानी मटेला पुल दिगो बिकास पर्यटकीय महत्व बोकेका स्थानहरु इतिहासमा उल्लेखित भएपनी जाजरकोटका पौराणिक महत्वपुर्ण स्थान र त्यसको बर्णन चर्चामा ल्याउन यो जाजरकोट प्रदर्शनीकोे महत्वपुर्ण भुमिका रहनेछ ।

जगतिपुरका वायुघट्ट जाजरकोट दरबारको साततले बर्णन १७५ बर्षको शिवालय मन्दिर, दसेराको फाल्मा गुफा, पजारुको बौद्ध स्तम्भ र चैत्य भोटेलिपिहरु शिवमन्दिर,धारपानी धार्मिक झाकी, पैक मष्टमन्दिर,समाकोट बर्मा मन्दिर रामिडाडाको सम्थर भुमी र कोजाग्रत जात्रा, सिल्पाचौर ऐतिहासिक जनजाती बस्ती बारेकोट राकाबाचिला कोटिला मन्दिर ठाकुरजी मन्दिर, संखदह, शिव मन्दिर, साइकुवारी तिर्थ,ऐरारिको भयार, गर्छिनाको भयार,थाप्लाको सिलङ्गी, लहको चुर्मसी बर्मा मन्दिर ढिमे,खुर्पाको झादेउ महादेउ मन्दिर नकुली लेख, बरालेख,बरा मन्दिर खगेनकोट भयार, आदि धार्मिक पर्यटकीय सम्भावना बोकेका छ्न ।

जसको प्रचारप्रसार बिकास र भौगोलिक बिकटताको कारणले लुकिरहेका छ्न । जसको राष्ट्रिय अन्तराष्ट्रीय करणको लागि यो पर्यटन महोत्सव महत्वपुर्ण मानिएको छ । जलविद्युत भौगोलिक पर्यटकीय हिसाबले जाजरकोटका महत्वपुर्र्ण स्थानहरु छ्न । जाजरकोट जुम्ला र डोल्पा प्रस्थान गर्ने ढोटाचौर लेखी,साङ्खोली राकाचौर, चौथारी, बालकुने तम्तु, च्याखुरे ब्याउली पाटन, भालु लेख,उल्लेखनिय छन । जहाँ यातायात बिकासको जरुरी छ ।

त्यसतै छेडागाड भएर मनघाट थल बाटुल्ले पैक भएर कुसेपाटन हुदै जुम्लाका टोप्ला पर्यटक ट्रेन्चमार्ग टालेगाउ काइनेट खानी पाचकाटिया दम्दालाको सुन्तला उत्पादन र जाजरकोट कृषि पर्यटनको प्रचारप्रसारमा अपुग त्यतिकै छ । जस्को प्रचार प्रसारम यो महोत्सव उल्लेख्य छ । हिमालय पैदलमार्ग र हिमाल पहाड यातायात राजमार्गको बिकाशको लागि मार्ग चित्र तयार गर्नेकाम यो कार्यक्रम महत्वपुर्र्ण रहने छ । जस्ले आर्थिक सस्कृतिक धार्मिक महत्व र पौराणिक इतिहासलाई आधुनिक इतिहासमा लिपिबद्दगर्न गर्न महत्वपुर्र्ण भुमिका खेल्नेछ ।

सम्भाब्य बिकासको नयाँ विकल्पको खोजी र नयाँ मार्गचित्र

जाजरकोटलाई जति नकारात्मक असर परेको छ । यसको मुलकारण हवाई यातायातको अपुग्ता नै प्रमुख कारण बनेको छ । पुर्बको लह मुल्यालथला र पश्चिमको धारापनी सर्बे हवाइ मार्ग नबन्नुनै स्वास्थ समस्या देखिन्छ । जस्को प्रचारप्रसार र पुन निर्माणका लागी यस्को महत्वपुर्र्ण भुमिका यो महोत्सवले खेल्ने छ भने जाजरकोटबासी जनसमुदायको आय आर्जन र जीवन स्तरमा परिवर्तनको नयाँ भुमिका खेल्ने छ ।

राजनीति दलहरूले आफ्ना घोषणा पत्रमा समृद्धिको धोद्रो पाठ जतिसुकै रातदिन रटायनी मुलसाम जिरी मैना र जुर्कानिपानेका जनताले उत्पादन गरेको दहिदुध जङ्गल र मलको भकारोमा पोखेर गाई भैंसी पाल्नेपेसाम आमूल परिवर्तन आउदैन । तबसम्म राजनीति परिवर्तन ठहरिदैन जसको परिवर्तनको लागी यो प्रर्दशनी अनिवार्य छ ।

ऐतिहासिक खाडोनाच र यसको राष्ट्रिय महत्व

विशेषगरि खाडोनाच जाजरकोटको सदरमुकाम उत्तरमा पर्ने ढिमे,दम्दाला र खुर्पामामात्रै नाचिन्छ यस्लाइ नक्कलको रूपमा जिल्लाभर नाचिएपनी यसको उत्पति सत्यतथ्य यहीँबाट मान्न सकिन्छ । नागरिकहरुमा सामान्य रूपमा बुझेपनी यो नाचको सुरुवात आधुनिक नेपाल निर्माण सँगै सुरुवात गरिएको ऐतिहासिक तथ्यहरु छन । जतिबेला शिरण शाहको नेतृत्वमा नेपाल एकीकरण गर्न अगाडि लागे त्यतिबेला देब्रे हातम ढाल र दाहिने हातमा तरबार समातेर शत्रुमा जाइलाग्ने हेतुले सिपाहीहरु हिडेका थिए ।

त्यतिबेला शिरन शाहले जितेपछी ढाल र तरबार नचाउदै नाच्नुपर्छ भनेका थिए । हरेक लडाइँमा बिजय पराजय र युदको पुर्ब तयारीसगै यो नाच नाच्न थालिएको तथ्यहरु छन । खाडो नाच खासगरी चार रसको इसरा दियर नाचिरहेका देखिन्छ । वीर रस,युद्ध रस,आँसु रस र हासो रसमा नाचेको देखिन्छ । यसको संरक्षकत्व कमिसँगै हराएको जस्तै देखियको छ । यसको समृद्धि र सुरक्षाको लागि साथै राष्ट्रिय अन्तर्रा्ष्ट्रिय प्रचारको लागी यो ऐतिहासिक प्रर्दशनी अनिवार्य बनेको पनि छ ।

जाजरकोटी प्रर्दशनीको राष्ट्रिय र अन्तराष्ट्रिय महत्व

जाजरकोटको मुल समस्या संभावनाको मुख्य बिषयमा केन्द्रित बन्ने देखिन्छ । जाजरकोटी जनताको भाग्यमा लागेको बिर्को कसरी खोल्न सकिन्छ खास त्यतातिर केन्द्रित रहन्छ । कृषि पर्यटन बिकास यातायात स्वास्थ शिक्षा रोजगार धार्मिक सस्कृतिक सामाजिक रुपान्तरण र जाजरकोटबासिको पुरानो उत्पादन प्रणालीलाई नयाँ र आधुनिक उत्पादन शैलिमा बिकास र बिकल्पको लागि जरुरी महत्वपुर्र्ण भुमिका खेल्नेछ ।

जहाँ निरंकुस राणा काल राजतन्त्रतात्मक पञ्चायत काल संबैधानिक राजतन्त्रतात्मक बहुदलीय संसदिय ब्यवस्था तथा बर्तमान संघिय गणतन्त्रको ब्यवस्थासम्म आइपुग्दा पनि जाजरकोटबासी जनसमुदाय रोगभोग अशिक्षा गरीबीको चरम पीडा खप्न बाध्य भएर हिरा पोखेर जीरा समाल्छन । अझै भन्दा सुन दिएर नुनलिन बाध्य छन जसबाट उन्मुक्ति दिलाउन जाजरकोटको जल,जमीन,जडिबुटी र जनसमुदायको अभिन्न सम्बन्ध कसरी जोडन सकिन्छ । त्यसको पहलकर्ताको रूपमा प्रथम जाजरकोट पर्यटन प्रदर्शनीको महत्वपुर्र्ण भुमिका रहनेछ ।

जस्ले जनप्रतिनिधि राजनीति दल पेशागत कर्मचारी बुद्धिजीवी कलाकार पत्रकार उद्दमी व्यावसायिक नागरिक समाज समाजसेबि सबैको हैसियत मापन गर्नेछ । जस्ले नयाँ प्रतिभा दक्ष जनशक्ति खोज्न प्रेरित गर्नपनि यो प्रर्दशनीको उल्लेखनीय भुमिका रहने छ ।


ताजा समाचार