Loading... आजः शुक्रबार, कार्तिक १४, २०७७

नगर सभामार्फत जनताको माग संशोधन गरीनेः घर्ती

 

जाजरकोट,३ फागुन ।
जाजरकोटको भेरी नगर पालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले एकीकृत सम्पत्ति करको बिषय लाई नगर सभा मार्फत सम्सोधन गर्ने बताएका छन । बिहिबार जाजरकोट सदरमुकाम खलंगाम स्थानीय सरकारको कर सम्वन्धी अन्तरक्रिया कार्यक्रममा बोलदै यस्तो बताएका हुन । भेरी नगरपालिकाको बिकास अनमुख वनाउन आगामि दिनमा चुस्त दुस्त गराउन आगामि फागुन ४ र ५ गते सम्पन्न नगर सभाम लिने बताए । आफु नगरकार्यपालिकाको एउटा सदस्य मात्र रहेकोले ७० जना कार्यदल बाट पारित भएको प्रस्ताव आफुले मान्ने बताए ।

प्रमुख घर्तीका अनुसार देशमा ७७ जिल्ला मध्य जाजरकोट हाल ७२ स्थानमा रहेकोले सबै नगर बासिको सुझावलाई मध्यनजर गरि अगाडि बढने प्रतिवद्धता ब्यक्त गरेका थिए । साथै नगरपालिकाभित्र आफु गम्भीर भएको र नगरको समग्र बिकासको लागि एउटा नगरको मात्र दायित्व नभएकोले आगामी दिनमा सबै नगरबासीलाई हातेमालो गरि अगाडि बढ्ने बताए ।

स्थानीय सरकार चलाउनको लागि जनशक्तिको आवश्यक परेको ले हाल सो नगरमा १३ वटा वडाको लागि वडा सचिवको समेत करिब व्यवस्थापन गरिएको प्रमुख घर्तीले बताए । देशमा ब्यरोजगारिको समस्याले दैनिक खाडि धाइरहेका युवाहरुलाई आफ्नो देशमा सोरोजगारीको लागि नगरबाट प्राप्त बजेटिङको व्यवस्थापन गरिएको बताए ।


आगामी समग्र नगर विकास निर्माणको लागि स्थानिय तह सँचालन गर्नको लागि स्थानिए सरकार ऐन निर्माण गर्न सहयोग गर्न नगरबासिलाई आव्हान समेत गरेका थिए । देशमा स्थानीय तह सञ्चालन गर्नको लागि अधिकार अहिले सम्म पनि राज्यले नदिएको कारण आगामि दिनमा स्थानिय तहहरु आन्दोलित हुनुपर्ने समेत नगर प्रमुख घर्तीले बताए ।

जाजरकोटमा राजनीति शैलीमा कर्मचारी भर्ति गर्ने प्रबिधि रहेकोले दक्ष्य जनशक्तिहरु पछाडि परेकोले आगामी दिनमा स्वच्छ निस्पक्ष धाँधलिरहित वातावरणमा सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।


साथै नगरबासीले केहि समय यता एकीकृत सम्पत्ति करको बारेमा बिवाद देखिए पछि हाल भेरी नगरपालिकाले आयोजना गरेको हो । करको बिषयलाई लिएर नगरका केही ब्यक्तिहरुले असन्तुसष्टि भएको समृद्ध नगर बनाउनको लागि नगरबासिमा परेको भ्रम लाइ चिरफार गर्न तथा जायज माग सम्बोधन गर्नको लागि आयोजना गरिएको नगर पालिकाले जानकारि दिएको छ ।

उक्त करको बिषयमा नगरवासि लाइ प्रशिक्षण तथा अन्तरकृयाको लागि प्रख्यात अर्थबिद डा.महेश दाहाल र डा.गोबिन्द थापा द्धवारा प्रशिक्षण दिइएको थियो । एकीकृत सम्पत्ती कर गत भदौ २० गतेको बिशेष नगर सभाबाट बहुमतले पारित भई कार्यान्वयनमा आएको थियो ।साथै आगामि दिनमा नगरपालिका बाट बिकास निर्माणका काम प्रति हुने पारदर्शी, भ्रष्टचार शुन्य सहनसिलता भएको र कुनै कमि कमजोरी भए खबदारि गर्नसमेत नगरपालिकाले आग्रह गरेको छ । ब्यक्तिगत र राजनीतिक स्वार्थबाट प्रेरित केहि निश्चित ब्यक्ति बाहेक नगरबाट हुने विभिन्न बिकास निर्माण देखि अन्य सुधारका काममा जनताको पुर्ण साथ पाएको नगरपालिकाले दाबि गरेको छ ।


ताजा समाचार