Loading... आजः बिहिबार, मंसिर १८, २०७७
Trending

प्याड गिफ्ट डे मा श्रीमानले दियो श्रमतीलाइ प्याड ।।


इन्द्रसरा खड्का,
बैतडी, २ फागुन । सुरक्षीत महिनावारी राष्ट्रिय अभियान सञ्जाल बैतडीले भ्यालेन्टाइनडे अर्थात प्रेमदिवसको दिन पारेर आज प्याड गिफ्ट डे मनाएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर २ चडेखानमा सञ्जालले दिवस मनाएको हो । पछिल्लो समयमा ग्रामिणस्तरमा पनि प्रेमदिवस मनाइनेक्रम बढ्दै गएकाले प्रेमको रुपमा गुलाफका फुल वा अरु उपहार दिनुको सट्टा आफ्नो प्रेमिकालाइ प्याड किनेर गिफ्ट दिए स्वस्थ्य हुने भन्दै प्याड गिफ्ट डे कारुपमा मनाइएको सञ्जालका अध्यक्ष इन्द्रसरा खड्काले बताउनुभयो ।

सबैभन्दा पहिले मानीस स्वस्थ हुन आवश्यक रहेकाले ग्रामिणस्तकार महिलाहरुलाइ महिनावारी भएको बेला कसरी सुरक्षीत रहने भन्ने पनि थाह नपाएकोले प्याड कसरी मनाउने स्यानेटरी प्याड कसरी प्रयोग गर्नेभन्नेबारे जानकारी दिन प्याड गिफ्ट डे मनाएको हो । महिलाहरुका लागि फुलभन्दा पनि प्याड आवश्यक पर्ने भएकाले स्वस्थ रहन आफ्नो प्रेमिकालाइ गिफ्टको रुपमा प्याड किनेर दिउन भन्ने उदेश्यले कार्यक्रम गरीएको सञ्जालका सदस्य ममता जोशीले बताउनुभयो ।

आज कार्यक्रममा २५ जोडीलाइ स्यानेटरी प्याड श्रीमानको हातबाट श्रमतीलाइ बितरण गरीएको छ भने घरमा बनाइने होम प्याड कसरी मनाउने भन्ने बारे सिकाइएको छ । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयका पब्लीक हेल्थ नर्स ममता जोशी र स्टाफ नर्स जमुना पर्टेलले प्याड बनाउने तरीका र प्याड प्रयोग गर्ने तरीका बारे जानकारी गराउनुभएको थियो । UNFPA र सञ्चार सेवा गुल्मीको सहयोगमा प्याड डे मनाइएको सुरक्षीत महिनावारी राष्ट्रिय अभियान सञ्जालले जनाएको छ ।


ताजा समाचार