Loading... आजः आइतवार, कार्तिक ९, २०७७

छिमेक लघुवित्त भालुवांग शाखाको अभिभावक तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

दाङ, २ फागुन  । देउखुरी क्षेत्रमा रही बिगत ५ पाच बर्ष देखि देउखुरी क्षेत्रमा लघुवित्तको माध्यमबाट वित्तीय पहुच पुर्याईरहेको छिमेक लाघुबित्तले आफ्नो दाङ जिल्लाको “बेला र सतबरीया” डिजिटल पोइन्टमा एक दिने अभिभावक भेला तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बेला तथा सतबरीया दुई छुट्टाछुट्टै ठाउमा भएको उक्त भेलामा ५० जना सदस्य तथा ५५ जना अभिभावकगरी कुल १०५ जनाको उपस्थितिमा यस सस्थाको पश्चिम क्षेत्रीय कार्यालय बुटवलका क्षेत्रीय प्रबन्धक श्री श्रीकृष्ण जोशी को प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा यस शाखाका सुपरभाइजर राजेश प्रसाद कुशुवाहाले स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा क्षेत्रीय प्रबन्धक श्रीकृष्ण जोशी र अनुगमन प्रमुख टेकराज पन्तले वित्तीय साक्षरता कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने अनुगमन प्रमुख बेदनाथ अधिकारी, राधाकृष्ण तिमिल्सिना, अशोक कुमार जैशवालले पालैपालो बैकको कार्यक्रम, सेवा सुबिधा र लघुवित्तमा हाल देखिएका समस्या तथा चुनौतीको बारेमा प्रस्ट पार्नु भएको थियो।

 

कार्यक्रममा शाखाका शाखा प्रबन्धक भानुभक्त आचार्यले भालुवांग शाखाको २०७४ माघसम्मको प्रस्तुत प्रतिवेदन अनुसार शाखा स्थापना भएको पाच बर्ष भई हाल, चार डिजिटल पोइन्ट र शाखामा गरी ४६२३ सदस्यमाझ ७ करोड ८५ लाख ८० हजार निक्षेप संकलन गरी ९ करोड ७३ लाख ४४ हजार कर्जा लगानीमा रहेकोमा रु.१,७३,५०० नाफा आर्जनगरेको बताउनुभयो, यस वित्तीय सस्थाले आफ्नो सदस्यहरुलाई कर्जा सुरक्षणकोष मार्फत एक बर्ष भित्रमा १५ जना सदस्य तथा सदस्यको अभिभावकको घटना घटेको अवस्थामा रु २,०४.५००/- सहयोग प्रदान गरीनुको साथसाथै सुरक्षण गरेका २ ओटा पशुको मृत्यु हुदा पशु सुरक्षण मार्फत रु ८०,०००/- दैबि-घटनामा परेका २ सदस्यलाई रु.८००० सहयोग प्रदान गर्नुका साथै १९५ जाना सुत्केरी सदस्यहरुलाई जनही २००० का दरले रु.३,९०,०००/- सहयोग रकम प्रदान गरेको यसै अवधिमा यस शाखाले १४९ सदस्यलाई तरकरीखेती, भैसीपालन, च्याउखेती र कुखुरापालन तालिम प्रदान गरेको प्रस्तुत प्रतीवेदनामा उल्लेख गरीएको थियो ।

यस वित्तीय सस्था २०५३ सालदेखि गरीब तथा बिपन्न परिवारमा सेवा पुर्याउने उद्देश्यले खोलिएको सस्था हो । यस सस्था हाल देशका बिभिन्न ६३ जिल्लामा १२२ शाखा कार्यालय तथा दुर-दराजमा रहेका गाउपालिकाहरुमा करीब ७० डिजिटल पोइन्ट मार्फत ३,३३,००० घरधुरीमाझ कार्यक्रम गर्दै आएको रास्ट्रीय स्तरको वित्तीय सस्था हो यस सस्थाले बचत तथा कर्जाको साथसाथै सिपमुलक तालिम सामाजिक कार्यक्रम अन्तर्गत पुरस्कार तथा छात्रवृत्ति, कर्जा तथा पशु सुरक्षण, भलाईकोष तथा हाम्रो छिमेक हाम्रो कोष, पूर्णक्षती कोष, सुत्केरी सुविधा दिई लघूबित्त तथा देशको गरीबिनिवारणमा अग्रणी सस्थाको रुपमा रही उल्लेखनीय भूमिका खेल्दै आएको छ ।

बैकको पहुचबाट टाढा रहेका गाउपालिकाहरुमा वित्तीय पहुच पुर्याउन सदस्यको घरदैलोमै बैकिंग कारोबार पुर्याउने अभिप्रायले यस छिमेक सस्थाले डिजिटल महिला कार्यक्रमको सुरुवात गरेको थियो त्यसै अनुरुप सुरुवात देखि नै भालुवांग शाखाले पनि देउखुरीका “गढवा, बेला, सतबरीया र राजापुरमा’ बैकिंग कार्यालय नै खोलि सेवा सुविधा पुर्याउदै आएको छ ।


ताजा समाचार