Loading... आजः आइतवार, कार्तिक १६, २०७७

संस्कृतिकाे नाममा बिकृति जाे शिवालयमा देखियाे

पवन शर्मा

भनिन्छ बालबालिका भबिस्यका कर्णधार हुन । भोलीका देश निर्माता हुन । बालबालिकालाई राम्रो शिक्षा र अनुशासनको कुरा बेलैमा सिकाउन जरुरी छ । घर- परिवार , विद्यालय र समाज सबैको उत्तिकै जिम्मेवारी हुनपर्छ ।

फागुन १ गते महाशिवरात्री जो हिन्दु धर्म मान्नेका लागि विशेष चाड भगवान शिवको आराधना गरि मनाउने दिन । देश भरिको शिवालय झै जाजरकोटको शिवालयमा पनि धुमधामका साथ भक्तजनहरूले शिवको पुजा आराधना गरि मनाए । एकातिर भक्तजनहरूले शिवको पुजा आराधना गरि मनाउदै गर्दा, अर्को तर्फ युवाहरू भाङ, धतुरो मा लठ्ठ परेको देखिन्थ्यो । के हाम्रो समाजले धर्मको नाममा भाङ, धतुरो खाएर लठ्ठ पर्न सिकाएकै हो ?

यतातिर भाङ खाएर लठ्ठ परेका युवा देखिन्थे भने अर्को तर्फ शिवालय देखि पर कालेगाँउ पुलमा धेरै सङ्ख्यामा रहेका बालबालिका र युवायुवतीहरू रक्सी र चुरोटको नसामा झुम परेको देखिन्थे । त्यो देख्दा मनमा कता कता विरक्तिको आभास हुन्थ्यो । यो समाज कता जादै छ ? भर्खरका ९/१० मा पढ्ने बालबालिकाहरू रक्सीको मातमा रमाउदा । यसको दोसि को ? हाम्रो समाज या त अभिभावक या त विद्यालय यो सोच्नु पर्ने विषय हो । बेलैमा यो कुरालाई सोच्न सकिएन भने भोली आउने दिनमा पछुताउनु बाहेक अर्को बिकल्प रहदैन ।

अभिभावकहरूलाई आफ्ना छोराछोरि कुन बाटोमा लागेका छन भन्ने सम्म हेक्का नहुनु, समाजले संस्कृतिको नाममा विभिन्न बिकृति अबलम्बन गर्नु या त विद्यालयले किताबको मात्रै ज्ञान बाड्नु यसका कारणहरू हुन सक्छन् । यस्ता विकृतिलाई सबै पक्ष मिलेर समाधानको बाटो खोज्न जरूरी छ हैन भने, जय शम्भो !! जय शम्भो !!


ताजा समाचार