Loading... आजः आइतवार, फाल्गुन २३, २०७७
Trending

दुर्घटना रोक्न यातायातका साधनमा स्टीकर

भिजन समचार
जाजरकोट । दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले जाजरकोटमा यातायातका साधनमा स्टीकर टाँस्न आग्रह गरेको छ ।

एक हप्ता भित्र स्टीकर नटाँस्ने यातायातका साधनलाई कारवाही गर्ने ट्राफिक प्रहरीले जनाएको छ । जाजरकोट सदरमुकाममा भित्रने र बाहिरिने यातायातका साधनमा अनिवार्य रुपमा स्टीकर टाँस्न आग्रह गरिएको हो । रातीको समयमा स्टीकर नहुँदा यातायातका साधनहरु ठोकिन गई दुर्घटना बढेको ट्राफिक प्रहरीको भनाई रहेको छ ।

जाजरकोटका सबै यातायात व्यवसायी र ट्राफिक प्रहरीको संयूक्त वैठकले एक हप्ता भित्र यातायातका साधनमा स्टीकर राखिसक्ने सहमती भएको ट्राफिक प्रहरी जाजरकोटका देवहादुर खत्रीले बताए । राती रोकि राखेका यातायातका साधनमा स्टीकर राख्दा टाढै वाट देखिने भएकाले दुर्घटना नहुँने खत्रीको भनाई छ ।

गुडिरहेका यातायातका साधन र रोकिराखेका यातायातका साधनहरु एक-आपसमा ठोकि, दुर्घघटना वढेपछि टाफिक प्रहरीले यस्तो निष्कर्षमा पुगेको हो । जाजरकोटका ग्रामीण क्षेत्रमा रहेका सडकमा चालक अनुमती पत्र नभएका चालकले मनपरी रुपमा यातायातका साधनहरु सञ्चालन गरिरहेको पाईएको छ ।

जनशक्ति अभावमा गाउँ-गाउँमा ट्राफिक प्रहरी खटाउन नसकिएको हो । जाजरकोट सदरमुकाममा भने सवारीसाधन चेक, जाँचमा निकै कडा बनाएको छ । नियमित बिपरित सञ्चालन गदै आएका यातायातका साधनहरुको संख्य ह्वातै घटेको छ ।

सवैले सहयोग गरेमा सुरक्षित यात्रा र भरपर्दो गन्तव्य बनाउन सकिने ट्राफिक प्रहरीको भनाई छ ।


ताजा समाचार