Loading... आजः बिहिबार, भदौ ३१, २०७८

पानि परेपछि किसान खुसी

भिजन समचार
जाजरकोट, । हिउँदेवाली लगाए देखि पानी नपर्दा समस्यामा परेका यहाँका किसानहरु पानि पर्दा खुसी भएका छन् ।

सोमबार विहान देखि लगातार पानि पर्दा जिल्लाका ७ वटा स्थानीय तहका किसानहरु खुसी भएका हुँन् । हिउँदेवाली सुक्न थालेपछि मर्कामा परेका किसानहरु पानि परेपछि खुसी भएका हुँन् । पानिको अभावमा सुक्न थालेको हिउँदेवालीमा राहत पुगेको छ ।

सिचाईको अभावमा आकाशे पानिको भरमा यहाँका किसानले विभिन्न हिउँदे वालीको खेति गदै आएका छन् । पानि परेसंगै जिल्लाको वारेकोट गाउँपालिका, नलगाड नगरपालिकाको उत्तरी क्षेत्र, जुनीचाँदे गाउँपालिकामा हिमपातसंगै चिसो बढेको छ ।


ताजा समाचार