Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

कृषि र पर्यटनलाई प्राथमिकता दिने सांसदहरुको भनाई

रेशम बहादुर खड्का
जाजरकोट । जिल्लालाई संवृद्ध र विकासशिल वनाउन कृषि र पर्यटनमा ध्यान दिने सांसदहरुले वताएका छन् ।

वषौदेखि पछि परेको जाजरकोटलाई अब विकासमुखी र जनताले चाहे जस्तो बनाउने जलविद्युत उत्पादन लाई प्राथमिकता दिने हाम्रो साझा लक्ष्य भएको राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठले वताए ।

जाजरकोट उद्योग वाणिज्य संघले गरेको वधाई तथा सुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो वताएका हुन । विगतमा जनताले चाहेको अपेक्षा पुरा हुँन नसकेको प्रति लक्षित गदै उनले भने “जाजरकोटलाइ विकासको उचाईमा लिनका लागि विशेष खाका सहितको योजना बनाई कार्यान्वयन गरिने छ” । जाजरकोट धेरै सम्भावना भएको जिल्लाभएको ले खनिज, जलस्रोत, कृषि उत्पादन, पर्यटन तथा धार्मिक रूपमा निकै सम्भावना रहेको श्रेष्ठले बताए । आगामि आफनो कार्यकालमा यी सबै चिजको उचित ब्यबस्थापन गरि रोजगारीको सृजना गर्न समेत प्रतिबद्धता ब्यक्त गरेका थिए ।

जाजरकोटले इतिहासमा पहिलो पटक धेरै संख्यामा सांसद पाएकोले अब चरण-चरणमा विकास निर्माणले गति लिने विश्वास लिएका छन । जनताको वधाई मात्र होईन नितरन्तर खबरदारी पनि आवश्यक रहेको उनको भनाई छ ।

त्यस्तै अर्का राष्ट्रिय सभा सदस्य कालि बहादुर मल्लले विकासका लागि साझा एजेण्डा वनाएर अगाडी बढ्ने बताएका छन ।सधैँ अभाव, अशिक्षा भनेर जाजरकोटलाई परिभाषित नगरि अब नयाँ जाजरकोट बनाउन सबै एकजुट हुँनुको विकल्प नभएको मल्लको भनाई छ ।

साथै जलविद्युत उत्पादन लाई प्राथमिकता दिने भेरि नदी, छेडा, नलगाड जस्ता नदिमा ठूलो क्षमताको बिद्धुत उत्पादन हुने बताए । क्षमता र खुबिले भ्याए सम्मको काम गरेर देखाउने समेत मल्लले बताए । ब्यक्तिगत स्वार्थ मा नलाग्ने सबैको सल्लाह र सुझाब को खाँचो समेत रहेको बताए । जिल्लामा लगानी भित्र्याएर रोजगारी सिर्जना गर्नु, यहाँका विभिन्न सम्भावना लाई उत्खनन् गरि नयाँ काम गरिनु पर्ने मा जोड दिए ।


ताजा समाचार