Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

आज नेपाल र केन्या खेल्दै, हेड टू हेड मा केन्या बलियो

काठमाण्डौ ।  विश्व क्रिकेट लिग डिभिजन-टूमा नेपालले आज केन्यासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजेपछि नामिबियामा सुरु हुनेछ । प्रतियोगितामा अहिलेसम्म खेलेका ३ मध्ये २ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ ।

अहिलेसम्म खेलेका दुवै खेल हारेको केन्या अंक तालिकाको पुछारमा छ । केन्या पहिलो खेलमा यूएइसँग २ सय १८ रनले पराजित भएको थियो । आइतबार यूएईलाई ४ विकेटले हराउँदै नेपालले प्रतियोगिताको शिर्ष २ मा रहने सम्भावना कायमै राखेको छ । शिर्ष २ मा पर्ने टिमले एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछन् ।

हेड टू हेड पछिल्लो चार खेलको नतिजामा
विश्व क्रिकेट लिग डिभिजन २ २०१५ मा लिग चरणको खेलमा केन्या ५ विकेटले विजयी ।
विश्व क्रिकेट लिग डिभिजन २ २०१५ को तेस्रो स्थानको लागी खेलमा केन्या १५ रनले विजयी ।
विश्व क्रिकेट लिग २०१७ को पहिलो खेलमा केन्या ५ विकेटले विजयी ।
विश्व क्रिकेट लिग २०१७ को दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी ।


ताजा समाचार