Loading... आजः बिहिबार, भदौ ३१, २०७८

नगर प्रमुख महताराद्वारा शिशु जन्म केन्द्र उद्धघाटन

जाजरकोट  । जाजरकोटको छेडागाड नगरपालिकाका नगर प्रमुख लाल बहादुर महताराले बर्थिङ सेन्टर नवजात शिशु जन्म केन्द्र केन्द्र को उद्धघाटन गरेका छन ।

नगरपालिकाको ९ नम्बर स्वास्थ्य चौकी पजारुमा नवजात शिशुको स्वास्थ्य अवस्था सुरक्षित बनाउनको लागि उद्धघाटन गरिएको हो । भौगोलिक बिकटताका कारण बर्षेनी महिला हरुले खेप्दै आएका समस्यालाइ सहजै समाधानको लागि उक्त सेवा सुचारु गरिएको नगर प्रमुख लाल बहादुर महताराले जानकारि दिएका छन ।

हाल उद्धघाटन गरिएको केन्द्रबाट छेडागाड नगरपालिका वडा नम्बर ७, ८, ९ का आमा र नवजात शिशुको स्वास्थ्य अवस्था सुरक्षित बनाउन सहज हुने स्थानिएको भनाई रहेको छ । साथै बर्षेनि महिलाहरुले सुत्केरी हुदा भोगनु पर्ने जोखिमबाट आमा र शिशुलाई बचाउको लागि यसले महत्वपूर्ण भुमिका रहने नगर स्वास्थ्य कार्यलय का सह ईन्चार्ज भीमराज सिंहले बताए ।

कार्यक्रम नगर प्रमुख लाल बहादुर महताराको प्रमुख अथितिता उद्घाटन भयो भएको थियो भने । कार्यक्रममा पुर्व गाबिस अध्यक्ष धनबहादुर अधिकारी,नगर स्वास्थ्य कार्यलय का सह ईन्चार्ज भीमराज सिंह राजनितिक दलका प्रतिनिधि ,जनप्रतिनिधि,बिधालय संस्था का प्रतिनिधि स्वास्थ स्वयंसेवीका आमा समुह लगाएतको उपस्थिति रहेको थियो ।


ताजा समाचार