Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

जाजरकोटि जनताको हकहितमा हातेमालो गर्ने : श्रेष्ठ

रेशम बहादुर खडका,
जाजरकोट  । प्रदेश न ६ का खुल्ला सदस्य भैरव सुन्दर श्रेष्ठले जाजरकोटि जनताको हकहितमा हातेमालो गरेर अगाडि बढ्ने बताएका छन ।

आईतबार जाजरकोट सदरमुकाम खलंगामा प्रेस चौतारि नेपाल जाजरकोटले गरेको बधाइ तथा सम्मान कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन । जाजरकोट जिल्ला स्वास्थ्य, शिक्षा, खानेपानि क्षेत्रमा अन्य जिल्लाको तुलनामा पछाडी रहेकोले आगामि दिनमा जनताको सल्लाह अनुसार अगाडि बढ्ने बताएका छन ।

जाजरकोटी जनता देखि आफु टाढा नरहने सबैलाइ समान तरिकाले अगाडि बढने श्रेष्ठले बताए । जाजरकोट जिल्लामा प्रेस चौतारि नेपाल दैनिक खस्कीदो मात्रामा रहेकोले जाजरकोटको समग्रह बिकासको लागि सत्य तथ्य समचार समेत समप्रेक्षण गर्न आग्रह गरेका थिए ।

सदस्य श्रेष्ठ तत्कालीन मालेलाइ स्थापित गर्न नेकपा एमाले गाउँकार्य समितिका सचिव हुदै पार्टिमा त्याग, तपस्या ,बलिदान गदै आएका थिए । शिक्षक पेशा छोडी राजिनामा होमीदै बि.स २०४८ सालमा जिल्ला विकास समितिको उपसभापतीमा निर्वा्चित भएका थिए। राजनिति निरन्तरता पछि श्रेष्ठ एमालेको अञ्चल कमिटि हुदै हाल नेकपा एमालेका केन्द्रीय सदस्य रहेका छन ।

साथै प्रेस चौतारि नेपाल जाजरकोटले गरेको बधाइ तथा सम्मान कार्यक्रममा प्रेस चौतारि नेपाल जाजरकोटका अध्यक्ष दिनेश श्रेष्ठ अध्यक्षतामा सम्पन्न गरिएको थियो ।


ताजा समाचार