Loading... आजः शनिबार, मंसिर ११, २०७८

पारस, सोमपाल र सन्दिप चम्केपछि नेपाल विजयी

काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टु अन्र्तरगतको आफ्नो तेस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले हराएको छ ।

बर्षाका कारण ३४ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले ३१ ओभरमा पुरै विकेट गुमाउदै १ सय १४ रन मात्र बनाउन सक्यो ।

नेपालको कसिलो बलिङ सामू निरिह बनेको संयुक्त अरबका लागि शाहीमान अनवरले सर्वाधिक ३० रन बनाए । त्यसैगरी मोहम्मद बुटाले १८ रन जोडे भने गुलाम सहबीरले १६ रनको योगदान दिए ।

नेपालका लागि सोमपाल कामीले ७ ओभर बलिङ गरेर ३० रन खर्चिँदै ४ विकेट लिए । त्यसैगरी अर्का बलर सन्दीप लामिछानेले पनि ७ ओभर बलिङ गर्दै ३० रन दिएर ३ विकेट लिए । कप्तान पारस खड्काले ७ ओभर बलिङ गर्दै २० रन दिएर २ विकेट लिए । नेपालका लागि करण केसीले पनि एक विकेट लिन लिए ।

नेपालको जितमा कप्तान पारस खड्काले अर्धशतक प्रहार गरे । पारसले १६ ओभरको तेस्रो बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए। उनी ५१ रन बनाएर आउट भए। पारसले ४८ बल खेल्दा २ चौका र ५ छक्का प्रहार गरे।

यस्तै, रोहितकुमार पौडेलले नटआउट १२ रन र सोमपाल कामीले नटआउट १० रन जोडे।

ओपनर दिलीप नाथ २ रनमा आउट भए भने ज्ञानेन्द्र मल्ल ५ रन बनाएर पेभेलियन फर्किए। दिलीप तेस्रो तथा ज्ञानेन्द्र चौथो ओभरमा आउट भएका थिए। यस्तै, दीपेन्द्रसिंह ऐरी पनि ४ रनमा बोल्ड भएका थिए भने शरद भेषावकर ३ रन बनाएर खेलिरहँदा एलबिडब्लूको धरापमा परे। आरिफ शेख छैटौं विकेटको रुपमा १६ रनमा आउट भए।

युएईका मोहमद नाभिद र अमिर हायतले २/२ विकेट लिए। रोहान मुस्ताफा र अहमद राजाले १/१ विकेट हात पारेका थिए।

सो खेलको प्लेयर हफ द म्याच अर्धशतक प्रहार गरेका घोषीत कप्तान पारस खड्का भए ।


ताजा समाचार