Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

जनयुद्ध दिवसको अवसरमा फुटबल प्रतियोगिता

कोहलपुर । २३ औं जनयुद्ध दिवसको पूर्वसन्ध्यामा कोहलपुर नगर स्तरीय फुटबल कप प्रतियोगिताको आयोजना गरिएको छ ।

आईतबारबाट सुरु भएको प्रतियोगिताको प्रतिनिधी सभाका सदस्य महेश्वर गहतराज अथकले उद्घाटन गरेका छन । २३ औं जनयुद्ध दिवस मनाउने क्रममा सप्ताहब्यापी कार्यक्रमहरु आयोजना गरीएको माओवादी केन्द्र कोहलपुरले जनाएको छ । सोही कार्यक्रम अनुसार नगरस्तरीय फुटबल प्रतियोगिता संचालन गरिएको हो ।

नगरका १५ वटै वडाबाट टिम सहभागी भएको माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरीने न्यौपानेले बताए ।

कोहलपुर नगरपालिका १ कौशिलानगरस्थित कृष्ण मा.बि. को खेलमैदानमा संचालन गरिएको उक्त प्रतियोगिताको जनयुद्ध दिवस अर्थात फागुन १ गते समापन हुने बताइएको छ ।

साथै जनयुद्ध दिवसकै अवसरमा बृहत रक्तदान कार्यक्रम समेत संचालन गर्ने तयारी गरिएको वाईसियल बाँकेका अध्यक्ष सुरज जागाले जानकारी दिए ।


ताजा समाचार