Loading... आजः शनिबार, कार्तिक ८, २०७७

क्षेत्रिय जुनियर तथा युवा रेडक्रस शिविर काेहलपुरमा सम्पन्न

बाँके । क्षेत्रिय जुनियर तथा युवा रेडक्रस शिविर शनिबार सम्पन्न भएकाे छ ।

काेहलपुर स्थित बागेश्वरी एकेडेमीमा शुक्रबार देखि शुरू भएको शिविरमा बाँके, बर्दिया, सुर्खेत, दाङ्ग, सल्यान, प्यूठान जिल्लाबाट ६ जिल्लाबाट ३५ सद्स्यकाे सहभागिता रहेको थियाे ।

शिविरमा रेडक्रसकाे परिचय, मुल्य, मान्यता, रक्तदान सचेतना, प्राथमिक उपचार र रेडक्रसकाे नयाँ संरचनाकाे बारेमा छलफल भएकाे सहभागी एक प्रतिनिधिले बताए ।

दुई दिन सम्म चलेकाे उक्त शिबिरकाे उद्घाटन नेपाल रेडक्रस साेसाइटिका केन्द्रिय कार्यवाहक अध्यक्ष अजित कुमार शर्माले गरेका थिए भने बाँके रेडक्रसका अध्यक्ष गाेवर्धन सिंहकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।


ताजा समाचार