फागुन ६ गतेदेखी बामको सरकार – प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ६ गते नयाँ सरकार गठन हुने बताएका छन्।

अध्यक्ष दाहालले निर्वाचन आयोगले फागुन ५ गतेभित्रै निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपति समक्ष पेश गर्ने तयारी गरिरहेकाले पनि ६ गते नयाँ सरकार बन्ने सम्भावना रहेको प्रष्टयाएका हुन्। नेपाल समाचारपत्रमा खबर छ ।
अध्यक्ष दाहालले एमालेसँगको पार्टी एकता सकारात्मक दिशामा अघि बढिरहेको दाबी समेत गरे। उनले पद बाँडफाँटमा कुरा नमिलेका कारण पार्टी एकतामा ढिलाई भएको भन्ने भनाई सत्य नभएको पनि स्पष्ट पारे।