Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

कतार प्रीमीयर लिग (QPL) क्रिकेटमा नेपाली टाेलि दाेस्राे

कतार  । कतार मा आज सम्पन्न कतार प्रीमीयर(QPL) लिग क्रिकेट प्रतियोगितामा नेपाली टाेलि दोस्रो भएको छ ।

२०१७ डिसेम्बर बाट शुरु भएको उक्त प्रतियोगितामा कतारमा बस्ने नेपालीहरुले प्रतिनिधित्व गरेका थिए ।

आज सम्पन्न फाइनल खेलमा नेपाली टोली एस.एन.आर एलायन्स एघार(इन्डिया) को टोली संग ६३ रनले पराजित भएको
छ । टस हारेर पहिले ब्याटिङ गरेको एलायन्स एघार ले १५ ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ८६ रन बनायो ।

१ सय ८७ रनको लक्ष्य पाएर मैदानमा उत्रिएको नेपाली टोलीले १ सय २३ रन मात्र बनाउन सक्यो ।

१६ टिम सहभागि उक्त प्रतियोगितामा ४ समुहमा विभाजन गरेर खेलाइएको थियो ।


ताजा समाचार