Loading... आजः मङ्लबार, कार्तिक ९, २०७८

हाजिरिजवाफमा वागेश्वरी एकेडेमी प्रथम

कोहलपुर  । क्रिसा बाँकेद्वारा आयोजित आधारभुत तहको हाजिरिजवाफ प्रतियोगितामा बागेश्वरी एकेडमी कोहलपुरले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

शुक्रबार चप्परगौडीस्थित ग्रिनपिस मा.वि. मा सम्पन्न भएको हाजिरिजवाफ प्रतियोगितामा वागेश्वरी एकेडेमीबाट प्रतिनिधित्व गर्दै उत्सव आचार्य, उमेशराज गिरी र उसा कुमारी भण्डारीले प्रथम स्थान हासिल गर्न सफल भएका हुन ।

त्यसैगरी वेष्टर्न मा.वि. द्धितिय र कोहलपुर वागेश्वरीले तृतिय स्थान हासिल गर्न सफल भयो ।

विजयी विद्यार्थीहरुलाई क्रिशाका अध्यक्ष दिनेश सिग्देल तथा कोहलपुर वडा नं. १२ का वडाध्यक्ष कृष्ण खड्काले संयुक्त रुपमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।


ताजा समाचार